माइती नेपालको काम उदाहरणीय : प्रधानमन्त्री दाहाल


स्थानीय तहमा महिला नेतृत्व पुर्याउन आवश्यक रहेको प्रधानमन्त्रीको जोड

प्रकाशित मिति :2017-04-07 12:06:23

महिला खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाका लागि विद्यमान ऐन कानुन  पर्याप्त रहेको तर कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको छ ।

माइती नेपालको २५ आै‌ वार्षिकउत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले अब प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपाल नीति, नियम, तथा कानुन निर्माण गर्ने सन्दर्भमा र अन्तराष्ट्रिय सन्धि सम्झौता गर्ने सन्दर्भमा अगाडि भएपनि सरकारी काम कारवाही प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

सरकारी कार्यसम्पादन प्रति असन्तुष्टी जनाउदै उहाँले कर्मचारीतन्त्रले व्यवस्थित, प्रभावकारी र परिणाममुखी काम गर्न नसकेको स्वीकार गर्नुभयो । ‘जागीरे मानसिकताले सरकारी सेवा झारो टार्ने खालका देखिएका छन्, यसमा सकरात्मक परिवर्तनको खाँचो छ ।’ उहाँले भन्नुभयो ।

चेलीबेचबिखन रोकथाम गर्ने चुनौतीपुर्ण काममा माइति नेपालले पुर्याएको योगदानको मुक्तकण्ठनले प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले सरकारले मानव वेचविखनजस्तो जघन्य अपराध नियन्त्रणमा माइति नेपाललाई जुनसुकै सहयोग र सहकार्य गर्ने बताउनुभयो ।

उहाँले चेलीबेटी बेचबिखन मुक्त गर्ने पवित्र अठोट गरेर माइति नेपालले प्राप्त गरेका उपलब्धी हेर्दा देशका निम्ती उदाहरणीय देखिएको बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनमा महिलालाई राज्यको मूलधारमा ल्याउन पहल गरि तद अनुकुलको व्यवस्था गरिएकोे बताउनुभयो । नयाँँ संविधानले महिलालाई सामाजिक, राजनीतिक तथा नेतृत्वदायी धारमा ल्याउन महत्वपूर्ण व्यवस्था गरेको उहाँको जिकीर थियो । देश निर्वाचन उन्मुख भइसकेको प्रसंग कोट्याउदै प्रधानमन्त्री दाहलले नयाँ संविधानको कार्यान्वयन, महिला शसक्तिकरण, दलित उत्पडित नागरिकको अधिकार स्थापित गर्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु आवश्यक भएको बताउनु भयो ।

नेपालको राजनितिक वृतमा महिला उच्च तहमा पुगेको बताउँदै उहाँले यो कुनै आकास्मिक काम नभएको बताउँनभयो । देश विकासका लागि महिला सशक्तिकरणको आवश्यक भएकोले स्थानीय तहको निर्वाचनबाट महिलालाई नेतृत्वमा पुर्याउन सवैले भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: