‘प्रमुख र उपप्रमुख पनि गुम्ने खतरा’


प्रकाशित मिति :2017-04-07 15:27:40

पार्वती पाण्डे
कपिलवस्तु । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा जति पुरुषहरुको मेयर र उपमेयरमा चर्चा हुने गरेको छ, त्यति महिलाको चर्चा हुन सकेको छैन । चिया पसल र चोक चोकमा मेयरमा पुरुषकै कुरा सुनिन्छ । दल जुन सुकै होस्, नाम पुरुषकै लिइन्छ । त्यसो त, जिल्लामा कुनै पनि दलले उम्मेदवारको टुंगो भने लगाएका छैनन् । महिला उम्मेदवारको कुरा झन् ओझेलमा परेको देखिन्छ ।

ठूला दलहरुमा समेत नेतृत्व तहमा महिला उम्मेदवारको चर्चा भएको पाइँदैन । नेपाली कांग्रेसबाट मेयरमा महिलाको प्रचार नभएपनि उपमेयरमा भने इन्दिरा भट्टराई र वसन्ती सिंहको चर्चा भने सुनिन्छ । कांग्रेसका जिल्ला उपसभापति अब्दुल कलाम खाँले मेयर र उपमेयरको आकांक्षी धैरै भएको तर त्यसमा महिला आकांक्षी भए, नभएको बारे केही बताउनुभएन । उहाँका अनुसार जिल्लामा नेपाली काँग्रेसबाट उम्मेदवार हुने मेयर र उपमेयरको टुंगो चैतको २५ गतेसम्म लाग्नेछ तर, ती पदहरुमा महिला उम्मेदवारको खासै चर्चा छैन ।

त्यस्तै मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेमा पनि मेयरमा महिलाको कम चर्चा देखिन्छ । एमालेबाट मेयरमा विमला घिमिरे र उपमेयरमा सूर्य कुमारी शाहिको केही चर्चा सुनिन्छ तर यसले पनि महिला मेयर र उपमेयरको टुंगो लगाएको छैन । यस्तै, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रमा पनि मेयरमा महिलाको खासै चर्चा सुनिदैंन । केन्द्रका सह इन्चार्ज रुद्र बन्जाडेले मेयर र उपमेयरमा महिला पनि आकांक्षी भएको बताए तर, ती को को हुन् खुलाएनन् । ‘यसबारे निर्णय गर्न बाँकी नै छ, अबको केही दिनमै पार्टीले उम्मेदवारको टुंगो लगाउनेछ ।’

मुलुकको चौथो ठूलो दलको रुपमा चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मेयर र उपमेयरमा उम्मेदवारी को हुने भन्ने टुंगो लगाउन सकेको छैन । उम्मेदवार हुने जस्तो महिला अझैसम्म भेटाउन नसकेको राप्रपाका नारायण बहादुर सिंह बताउनुहुन्छ । तर राप्रपाकै बिजयलक्ष्मी सिंह भने आफूले कपिलवस्तु नगरपालिकामा मेयरको उम्मेदवारी दिने बताउनुभयो । सिंह जिल्ला स्तरको नेता हुनुहुन्छ ।

अधिकारकर्मी मिना परियारका अनुसार सरकारको फितलो नीतिका कारण महिलाको चर्चा नभएको हो । उहाँका अनुसार प्रमुख या उपप्रमुखमा उठेपनि महिला आरक्षण सुनिश्चित नभएका कारण महिलाको प्रचार नभएको हो । ‘प्रमुख दलहरुले पनि जित्ने ठाउँमा महिलालाई अवसर दिन चाहदैंनन् । दलको नेतृत्वमा महिला नभएका कारण उनीहरुले आफ्नै पार्टीको नीति के छ, थाहा नै पाएका छैनन्’, उहाँ भन्नुहुन्छ, ‘यसैले अबको निर्वाचनमा महिलाको प्रमुख या उपप्रमुख पद नै गुम्ने खतरा बढेको छ ।’

नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई पनि नेतृत्व तहमा महिलाको स्थान सुनिश्चित नभएकोले सबै दलका महिलाहरु सशक्त रुपले लाग्नुपर्ने बताउनुहुन्छ । ‘दलहरु महिलालाई मुख्य पद नदिने नै योजनामा देखिन्छन्, यसैले अब सबै दलका महिला सशक्त रुपमा लाग्ने बेला आएको छ । जित्ने ठाउँमा महिलाहरुले उम्मेदवारी माग्न र पैरवी गर्न ढिला हुनुहुँदैन,’ उहाँले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: