वृद्ध महिलाले खोजे महिला नेतृत्व


प्रकाशित मिति :2017-04-07 16:26:34

सर्मिला बुढाथोकी

        श्याममाया खड्का                    जगतमाया कुसु                                  ललिता दाहाल                              नानीमैया कुसु

दोलखा । जिल्लाको भिमेश्वर नगरपालिकाकी ललिता दाहाल यो पटकको स्थानीय तहको निर्वाचनमा मतदान गर्न निकै उत्साहित छिन् । उमेरले ९० वर्ष पुगेकी दाहाल यो पटकको निर्वाचनमा महिलाहरुको बढी सहभागिता हुने भएकोले मतदान गरी महिला नेतृत्व स्थापित गर्न उत्साहित भएको बताउँछिन् । ‘हाम्रो पालामा महिलालाई मतलब गर्दैन थिए, अहिले त पढेलेखेका महिला पनि धेरै छन्, त्यसैले यो पटक महिला र पुरुष दुवैलाई बराबरी नेतृत्वमा पु¥याउनुपर्छ’, ललिताले भनिन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ललिता मात्र हैन उनी जस्ता धेरै महिला नेतृत्व स्थापित गर्न र स्थानीय तहमा महिला र पुरुष बराबरी प्रतिनिधि पठाउन सक्रिय बनेका छन् ।

जिरी नगरपालिका श्यामाकी श्याममाया खड्का (७४) ले यसपटक महिला उम्मेदवारलाई प्राथमिकता दिने दललाई मतदान गर्ने बताइन् । विभिन्न तहको निर्वाचनमा तीन पटकसम्म मतदानको अनुभव बटुलेकी श्याममाया महिलाले भोट माग्न आएको थाहा नपाएको बताउँछिन् । ‘महिलाले भोट माग्ने अवसर नै पाएका छैनन्, त्यसैले अब उनीहरुलाई नै प्राथमिकता दिनुपर्छ । महिलाहरु विश्वासिलो र वचनको पक्का हुने भएकोले पनि गाँउको विकास गर्न सक्छन्,’ श्याममाया भन्छिन्, ‘पुरुषलाई त पटक पटक मतदान गरेकै हो नी ! उनीहरुले न गाँउको विकास गरे, न चुनाव पछि हाम्रो नमस्कार फर्काए ।’

भिमेश्वर नगरपालिकाकी जगतमाया कुसु (६७) वृद्धृद्धाको भावना महिला उम्मेदवारले बढी बुझ्न सक्ने भएकोले महिला उम्मेदवारलाई मतदान गर्न इच्छुक भएको र अरुलाई समेत महिलालाई नै मतदान गर्न प्रेरित गरिरहेको बताउँछिन् । महिलालाई पदमा पु¥याउन राजनीतिक दलहरु नै आनाकानी गर्ने बताउँदै जगतमाया भन्छिन्, ‘अब त्यसो गरिनु हँुदैन, महिलालाई जिताएर काम गर्ने अवसर दिनुपर्छ ।’

भिमेश्वर नगरपालिकाकै नानीमैया कुसु (६७) पनि महिला उम्मेदवार सबैको प्राथमिकता बन्नुपर्ने बताउँछिन् । भन्छिन्, ‘दोलखामा भोट हाल्ने पनि महिला नै बढी छन् भनेर सुनिन्छ, अनि पद चाँहि पुरुषलाई मात्र चाहिने ?’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: