भ्रूण हत्या गर्ने उद्देश्यले लिंग पहिचान गरेकी डा.नूतन निलम्बित


प्रकाशित मिति :2017-04-09 10:39:13

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा. नूतन शर्मालाई निलम्बन गरी ३ महिनाका लागि चिकित्सकीय अभ्यासमा रोक लगाएको छ । काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माका अनुसार उनीविरुद्घ भ्रूण हत्या गर्ने उद्देश्यले प्रेरित भई लिंग पहिचान गरेको उजुरी सही पाइएपछि ३ महिनाका लागि चिकित्सकीय अभ्यासमा रोक लगाइएको हो ।

काउन्सिलले डा। नूतनलाई निलम्बित गर्ने निर्णय २०७२ साउनमै गरेको थियो । निर्णयविरुद्घ पाटन पुनरावेदन अदालतमा परेको रिटमा काउन्सिलकै निर्णयको पक्षमा फैसला आएपछि उनीमाथिको निलम्बन यथावत् राखिएको शर्माले जानकारी दिए ।

काउन्सिलका अनुसार उनी कार्यरत अल्का अस्पतालमा ३ महिनाका लागि निलम्बन गरिएको चिठी बुझाइएको छ ।

स्रोतः कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: