बिचल्लीमा बिलट परिवार


प्रकाशित मिति :2017-04-09 10:43:41

उदयपुर । युवा अवस्थाका ४ छोरा बाल्यकालदेखि नै बौद्धिक अपांगताबाट ग्रसित छन् । छोराहरूको स्याहारसुसार गर्ने पत्नीको डेढ वर्षअघि मृत्यु भयो । ज्याला मजदुरीबाहेक गुजाराको अन्य माध्यम केही छैन । गरी खाने समय छोराहरूका लागि खर्चनुपर्दा मजदुरी गर्नसमेत नपाएका त्रियुगा–७ चुहाडेका बिलट दनुवारको बिचल्ली छ । उनको सम्पत्ति भनेको अंशमा पाएको ७ धुर जग्गा मात्रै हो । त्यसमै घर बनेको छ । अन्य जग्गाजमिन छैन । आम्दानीको स्रोत भनेकै उनले गर्ने ज्यालामजदुरी थियो । त्यो पनि पत्नी कमलाको मृत्युपछि बन्द भयो । ज्याला मजदुरी गरी खाने मेलोमेसो पनि छैन । सहयोगी कोही नहुँदा बिलट अहिले बिलखबन्दमा परेका छन् ।

सहयोगी हातहरूले विभिन्न समयमा गरेको सहयोगले गुजारा गरिरहेका उनलाई पछिल्लो समय खासै सहयोग जुटेको छैन । ‘त्यसैले अपांगता भएका छोरासँगै भौंतारिनुबाहेक केही छैन,’ बिलटले भने, ‘ज्यालामजदुरी गर्न जाउँ भने छोराहरूको कसले हेरचाह गरिदिने रु’ नगरौं, कसरी गुजारा गर्ने रु बिचल्लीमा परेको उनले बताए ।

बिलटका २७ वर्षीय जेठा छोरा भरत, २५ वर्षीय माइला पर्वत, २१ वर्षीय साइँला जयराम र १९ वर्षीय कान्छा श्रीराम छन् । यी चारै जना बौद्धिक अपांगता ९सुस्तमनस्थिति० का छन् । ‘जेठो भरत जन्मँदा साधारण बालकजस्तै जन्मेको थियो,’ बिलटले भने, ‘तर सानैदेखि क्रमशस् बौद्धिक अपांगता हुँदै गयो ।’ अहिले २७ वर्ष पुगिसक्दा पनि भरतको अवस्थामा खासै परिवर्तन नभएको उनले बताए ।

‘तर माइलो पर्वत बाठो थियो, सानैमा विद्यालय जाने, पढ्ने, सबै किसिमका काम गथ्र्यो,’ बिलटले भने, ‘तर पछि उसको पनि अवस्था दाजुकै जस्तो भयो ।’ त्यसपछिका साइँलो र कान्छो पनि अपांग नै भए ।’
श्रीमती हुँदा घरपरिवार र छोराहरूको स्याहारसुसार गर्ने गरेकी थिइन् । छोराहरू घरभित्रै दिसापिसाब गर्ने, लुगा लगाउन नमान्ने, खाना नखाने र जथाभावी गर्ने गरेपछि सानैदेखि श्रीमती कमलाले रेखदेख गर्ने गरेको बिलटले बताए । ‘क्रमशस् उनीहरू ठूला हुँदै गए, खर्च पनि बढ्दै गयो,’ बिलटले भने, ‘त्यसपछि छोरालाई घरमै दाम्लाले बाँधेर श्रीमान्रश्रीमती नै काम गर्न जान्थ्यौं ।’ घरमा थुनेर पनि समस्या समाधान नहुने भन्दै दाताले सहयोग गरेपछि श्रीमतीले छोरा स्याहारसुसार गर्ने र आफू ज्याला मजदुरी गरेको उनले बताए । ‘तर श्रीमतीको मृत्यु भएपछि अहिले एक्लै परेको छु,’ उनले भने, ‘श्रीमतीको मृत्युपछि छोराको स्याहारसुसार आफैंले गर्नुपरेकाले समस्यामा परें ।’ गरी खाने अन्न छैन, गुजारा गर्ने खेतबारी छैन, विकल्पमा रोजगारी गर्न पनि छोराको रेखदेख गर्ने कोही नहुँदा बिचल्लीमा परेको बताए । दाताले दिएको मासिक १० हजारले गुजारा गर्न समस्या भएको बिलटले बताए । ‘छोराहरूलाई सजिलोसँग बस्न घर पनि भएन,’ उनले भने, ‘त्यसैले दाता काठमाडौं कलंकीका समाजसेवी वासु केसीसँग एकमुष्ट सहयोग मागेर घर बनाएँ ।’ अहिले गुजारा गर्न समस्या छ ।

स्रोतः कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: