पहिलो महिला आरोहीदल कञ्चनजंघातर्फ


प्रकाशित मिति :2017-04-09 12:03:02

काठमाडौः पहिलो नेपाली महिला आरोहणदल कञ्चनजंघा हिमाल ९८,५८६ मी० को आरोहणका लागि शुक्रबार आधारशिविर तर्फ लागेका छन् । जलवायू परिर्वतन न्यूनीकरणको सन्देश बोकेर बिश्वका तीन अग्गा हिमाल आरोहण अभियान शुरु गरेका नेपालीमहिला टोलीले सगरमाथा, केटु पछि अन्तिम हिमालका चढ्न शुक्रबार प्रस्थान गरेका हुन् ।

थ्री वुमेन थ्री टपु नाम दिएर शुरु गरेको अभियान टोलीले सन् यसै महिना सफल आरोहण गर्ने लक्ष्य राखेको छ । टोलीले सन् २००७ मा सगरमाथा ९८,८४८ मी० र २०१४ मा पाकिस्तानको केटु हिमाल ९८,६१२ मी० को सफल आरोहण गरिसकेको छ ।

बढ्दो जनसंख्या र उद्योग कारखानाले वातावरण प्रदुषित भई हिमालमा हिउँ बिल्न थालेकाले यसको संरक्षणमा नेपाली महिलाले बिश्वभर जलवायू परिर्वतनलाई न्यूनीकरण गर्न सन्देश दिने लक्ष्य सहित कंचनजंगाको शिखरबाट न्युनीकरणको सन्देश फैलाउने आरोहणी संयोजक माया शेर्पाले जानकारी दिइन ।
पर्यटन विभागको तथ्याङक अनुसार आरोही दावा याङजोम र पासाङल्हामु शेर्पा सहित तीन जना रहेको यो महिला आरोहणदल कंचनजंगा आरोहण गर्ने नेपालकै पहिलो महिला बन्ने छ ।

विदेशी महिलाको तुलनामा नेपाली महिलाले हिमाल आरोहण सक्दैन र सजिलो मानिने सगरमाथा र धौलागिरी हिमाल मात्र चढ्न सक्ने जस्ता सन्देश विश्वमा पुग्ने गरेकाले यसलाई चिर्न पनि केटु र कंचनजंगाको पनि अभियान लिएको आरोहणदलले जनायो । हालसम्म नौ महिलाले मात्र कञ्चनजंगा हिमालको आरोहण गरेका छन् ।

जुन देशले प्रदुषण उत्पादन गर्छ, त्यो देशले नियन्त्रणको पहल गर्नुपर्छु भन्ने सन्देश चुचुरोबाट विश्वभर सम्प्रेषण हुने बिश्वास आरोहीदलका महिलाहरुको छ ।अभियान टोली किलर माउण्टेनको नामले चिनिने केटु हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला टोली बनेको छ । अप्ठ्यारा मानिने कञ्चनजंगा आरोहणमा ५० दिनको यात्रा हुनेछ । सेभेन समिट ट्रकिङ्ग एजेन्सीबाट आरोहण गर्ने भएको छ ।

स्रोतः अन्नपूर्ण पोस्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: