मृगौला पिडित घलेलाई बेलायतबाट आर्थिक सहयोग


प्रकाशित मिति :2017-04-09 13:31:43

काठमाडौं । मृगौलाबाट पिडित लमजुङ बाहुनडाडाँ ५ कि खुसमाया घलेलाई बेलायतबाट आर्थिक सहयोग प्राप्त भएको छ ।  मृगौला पिडित खुशमाया घले बचाऊ अभियान अन्र्तगत बेलायतमा रहेका नेपालीहरुबाट संकलित ३, ७८, १८० रुपैँया सहयोग हस्तान्तरण गरिएको हो ।
लमजु्ङ उत्तरी भेग तमु समाज काठमाडौंले आयोजना गरेको कार्यक्रममा लमजुङ समाजका सल्लाहाकार एवं बाघेता समाज युकेका अध्यक्ष क्यै देव घलेले पिडित घले र उहाँका श्रीमान महेन्द्र घलेलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।   यस्तै घलेलाई काठमाडौंबासी र आमा समूहले समेत सहयोग गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा लमजुङ समाज युकेका सल्लाहकार एवं तमु समाज अध्यक्ष डम्बर गुरुङ लगायत काठमाडौंबासी उत्तरी भेगका कार्य समितिका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
यसअघि पिडित घलेलाई लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङ र लमजुङ सम्पर्क समिति युएईले समेत सहयोग गरेको थियो । दुवै मृगौला खराब भएकी घले अहिले नेशनल डायलसिस सेन्टर काठमाडौं बसुुन्धारामा उपचार गराइरहनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: