म्यादी प्रहरीमा १३ हजार महिला


प्रकाशित मिति :2017-04-09 13:20:27

महिला खबर

 

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आवश्यक कुल ७५ हजार म्यादी प्रहरीेको दरबन्दीमा १३ हजार बढी महिला छनोट भएका छन् ।

जुम्ला बाहेक ७४ जिल्लामा छनोट भएका कुल ७४ हजार ६४७ जना मध्ये १३ हजार ३८७ जना महिला म्यादी प्रहरीमा छनोट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीमा छनोट हुने महिलामा पनि सबैभन्दा बढी मध्यमाञ्चलबाट ३ हजार ३१६ र सबैभन्दा कम सुदुरपश्चिमाञ्चलमा १ हजार ७१ जना रहेका छन् ।
यसैगरि, म्यादी प्रहरीमा छनोट भएकामध्ये ५३ हजार ८४५ जना सर्वसाधारण रहेका छन्, जसमा ९ हजार ८०५ जना महिला रहेका छन् ।

सर्वसाधारण बाहेक नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रमा सेवानिवृत भइसकेका १ हजार ३०४ जना म्यादी प्रहरीमा छनोट भएका छन् । यीनमा ६ जना महिला रहेका छन् । यसअघि भएको संविधानसभाको चुनावमा म्यादी प्रहरीमा काम गरिसकेका ३ हजार ४०५ म्यादी प्रहरी पनि पुनः छनोट भएका छन् ।

म्यादी प्रहरीमा एक लाख ८० हजार जनाको आवेदन परेको थियो । छनाेट भएका  म्यादी प्रहरीकाे तालिम अाजवाट  (अाइतबार) शुरु हुदैछ । ५५ दिने नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवान सरह तलब सुविधा पाउनेछन् । छनोट भएका म्यादी प्रहरी १८ वर्ष पुगेका र ५३ वर्ष ननाघेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: