थामी समुदायमा महिला नेतृत्व खोजी


प्रकाशित मिति :2017-04-09 17:08:48

दोलखा । जिल्लाको उत्तरी भेगका ६ गाविस मिलेर बनेको कालिञ्चोक गाउँपालिकाका वडा र बस्तीमा स्थानीय निर्वाचनको चर्चा चुलिँदै गएको छ। अहिले दिनपिच्छे विभिन्न राजनीतिक दलका प्रचार, सभा र बैठक चलिरहेका छन्। बाबरे गाउँकी कांग्रेस कार्यकर्ता सीता थामीलाई चुनावको चटारोले छोएको छ।

चुनाव तयारीमा जुटिरहेको आफ्नो दलको प्रचारमा अचेल उनीसहित यो समुदायका दर्जन बढी महिला बाबरेमा हुने भेला र बैठकमा जुट्छन्। अगुवा र नेतृत्वका कुरा सुन्छन्। तर उनीहरूमध्ये कोही पनि नेतृत्वमा पुग्न चासो राख्दैनन्। चुनावी चटारोले छोएको छ तर नेतृत्व गर्ने इच्छा छैनु, सीताले सुनाइन्, पहिलेदेखि यही पार्टीलाई सहयोग गर्दै आइयो, अब पनि जिताउन लागिपरिन्छ।

उत्साहका साथ सीतालगायत थामी महिला चुनावी अभियानमा जुटे पनि उम्मेदवार बन्ने चाहना उनीहरूमा छैन। कालिञ्चोक गाउँपालिकाका प्रत्येक गाउँमा सीमान्तकृत थामी समुदायको बसोबास छ। २०६८ को जनगणना अनुसार कालिञ्चोक गाउँपालिकाको २२ हजार जनसंख्यामध्ये ८ हजार थामी समुदायकै छ। त्यसमा पनि ४२ सय त महिला मात्र छन्। यो गाउँपालिकामा परेका प्रत्येक साबिक गाविसमा यो समुदायको बस्ती छ। तर राजनीतिक नेतृत्वमा पुग्ने महिला भने खासै भेटिन्नन्।

स्थानीय चुनावमा गाउँपालिकाको प्रमुख र उपप्रमुखमध्ये एक महिला उम्मेदवार अनिवार्य हुनुपर्ने व्यवस्था छ। यसै कारण यो गाउँपालिकामा थामी समुदायको मत आफ्नो पक्षमा पार्न राजनीतिक दलहरूले महिला उम्मेदवार खोजिरहेका छन्। तर महिलामा राजनीतिक चेतना कमीका कारण उम्मेदवार बन्न चाहने नभेटिएको दलका नेताहरू बताउँछन्।

माओवादी केन्द्रमा लापिलाङकी लक्ष्मी र डोल्मा थामी जिल्ला सदस्य छन्। कांग्रेस र एमालेका जिल्ला समितिमा थामी महिलाको प्रतिनिधित्व छैन्।

दलका भ्रातृ संस्थाहरूमा भने यो गाउँपालिकाबाट थामी समुदायका केही महिलाको प्रतिनिधित्व छ। एमाले निकट अखिल नेपाल महिला संगठनको जिल्ला समितिमा बाबरेकी छलिमाया थामी सदस्य छिन्। यस्तै सुन्द्रावतीकी गोमा थामी कांग्रेस निकट नेपाल महिला संघको गाउँ समिति सभापति छिन्। यस्तै कालिञ्चोककी बिनिता थामी र लापिलाङकी साइरा थामी पनि महिला संघको गाउँ समिति सभापति छन्।

एमाले जिल्ला सचिवालय सदस्य एवं कालिञ्चोक गाउँपालिका कमिटी सहसंयोजक विनकुमार थामीका अनुसार गाउँपालिकाका ९ वडामा सदस्य पदमा उठ्न आकांक्षा राख्ने थामी समुदायका महिला छैैनन्। म वडा सदस्यमा उठ्छु भनेर इच्छा राख्ने भेट्नै गाह्रो छु, उनी भन्छन्, हामी महिला नेतृत्व खोजिरहेका छौं।

राजनीतिक चेतना अभावमा थामी समुदायका महिलामा नेतृत्व विकास गर्न नसकिएको बताउँछन् नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति जयराम श्रेष्ठ। पढेलेखेका जागिर खाने, केही जानेबुझेका वैदेशिक रोजगारीमा गइहाल्ने कारणले गाउँमा सामान्य साक्षर महिला मात्र भेटिन्छन्,  उनी भन्छन्, गाउँमै बस्ने थामी समुदायका महिलामा राजनीतिक चासो नभएका कारण नेतृत्व नभेटिएको हो।

कालिञ्चोक गाउँपालिकाभित्र यो समुदायका पुरुषको भने राजनीतिमा पहुँच राम्रै छ। सुन्द्रावतीका गोपिलाल थामी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छन्। लापिलाङका विनकुमार एमाले जिल्ला सचिवालय सदस्य छन्। कालिञ्चोक गाउँपालिकामा ३७ प्रतिशत थामी समुदाय रहेका कारण राजनीतिक दल यो समुदायबाट प्रमुख या उपप्रमुखमध्ये एक उम्मेदवार बनाउने सोचमा छन्। प्रमुखको नेतृत्व अर्कै समुदायले पाउने सम्भावना आउँदा यो समुदायका महिलाले उपप्रमुख पाउनेछनु, राजनितिक दलका एक जिल्ला नेताले भने, त्यसैले सबै दल कालिञ्चोक गाउँपालिकामा महिला नेतृत्वको खोजीमा छन्।

दलका नेताहरूका अनुसार उम्मेदवार बनाउँदा थामी समुदायबाट कांग्रेसले कालिञ्चोककी गीता थामी, सुन्द्रावतीकी गोमा र लापिलाङकी साइरालाई अघि सार्ने तयारी गरिरहेको छ। यस्तै एमालेले बाबरेकी छलिमाया र माओवादी केन्द्रले लापिलाङकी निशालाई अघि सार्ने योजना बनाएका छन्।

स्रोतः नागरिक दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: