चुलो व्यवसायी निरुलाई अन्तर्राष्ट्रिय पुरस्कार


प्रकाशित मिति :2017-04-10 09:02:08

महिला खबर

काठमाडौँ । सुधारिएको चुलो व्यावसायिक रूपमा अपनाएर सिन्धुलीकी निरु श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउनुभएको छ । उहाँलाई नेदरल्याण्डको लैंगिक र दिगो विकासका लागि अन्तर्राष्ट्रिय सन्जाल (इनरर्जिया) ले १ हजार युरो (एक लाख १५ हजार रुपैयाँ) पुरस्कार दिएको हो ।

संयुक्त राष्ट्र संघको सबैका लागि दिगो ऊर्जा (SE4ALL) सम्बन्धी अमेरिकाको न्यूयोर्कमा यही चैत १८ गते आयोजित कार्यक्रममा उक्त पुरस्कार दिइएको हो । यो पुरस्कार नेपाल लगायत इण्डोनेशिया, केन्या, तान्जिनिया र सेनेगलमा वैकल्पीक ऊर्जालाई व्यावसायिक रूपमा अपनाउन सफल महिलालाई प्रदान गरिएको हो ।

पुरस्कारका बारेमा जानकारी दिन आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुरस्कृत महिला उद्यमी श्रेष्ठले पुरस्कारले आफूलाई उत्साह र चुनौती दुवै थपेको महसुस भएको प्रतिक्रिया दिनुभयो ।

सुरु सुरुमा सुधारिएको चुलो व्यवसायलाई उत्पादन र बिक्री वितरण गर्न निकै चुनौतिपूर्ण रहेको भन्दै उहाँले बैंकले ऋण समेत नदिएको स्मरण गर्नुभयो । सुधारिएको चुलो व्यावसायिक हुन नसक्ने भन्दै बैंकले ऋण नदिएको उहाँको भनाइ थियो ।

अहिले सिन्धुलीमा सुधारिएको चुलोको क्षेत्रमा सफल व्यवसायी बनेर अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउँदा भविष्यमा यसलाई अझै विस्तार गर्ने उत्साह थपेको उहाँले बताउनुभयो । गएको १९ महिनामा १ करोड २७ लाख बराबरको ६ हजार भन्दा बढी सुधारिएको चुलो बेचेको श्रेष्ठले जानकारी दिनुभयो । १०५ जना महिलाको सन्जाल नै बनाएर करिब ६० जना महिलाले बनाएको चुलो उहाँले निरन्तर खरिद गर्दै आउनुभएको छ । २०६० सालदेखि आफू सुधारिएको चुलो बनाउने व्यवसायमा लागे पनि २०७१ सालदेखि यसलाई व्यावसायिक रूपमा अपनाएको उहाँले बताउनुभयो ।

नेपालले सन २०२२ सम्म नेपाललाई धुवाँ मुक्त बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य पुरा गर्न आफ्नो व्यवसायले निकै सहयोग पुर्‍याउने उहाँको विश्वास छ । यसका साथै राज्यले सुधारिएको चुलो प्रबद्र्धनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । आगामी वर्ष ६ हजार चुलो बेच्ने योजना रहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । चुलो उत्पादन र व्यवसायिकताका लागि ग्रामीण प्रविधि केन्द्रले सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: