कञ्चनजंघामा नेपाली महिलाले आरोहण गर्ने


प्रकाशित मिति :2017-04-10 11:09:24

-माला पालुङवा-

ताप्लेजुङ । झण्डै तीन वर्षदेखि अवरुद्ध कञ्चनजंघा हिमाल आरोहण तीन नेपाली महिलाले सुरु गर्ने भएका छन् । ‘थ्री वुनेम, थ्री टप’ नामक अभियानका साथ ओखलढुङ्गाका माया शेर्पा, सोलुखुम्बुका पासाङ ल्हामु शेर्पा र दोलखाका दावा याङजोम शेर्पाले आरोहण टोलीको नेतृत्व गर्नुभएको छ ।

चैत २५ गते कञ्चनजंघा आरोहण गर्न हिँडेको आरोहण टोली शनिबार ताप्लेजुङ पुगेको छ । टोलीले पाँचथरको गणेशचोक, थर्पु हुँदै ताप्लेजुङको खेवाङ, याम्फुदिनको चेहेराम, राम्जे सेलेले हुँदै कञ्चनजंघा आधार शिविरतर्फ जाने पथप्रर्दशक नुरी शेर्पाले जानकारी दिनुभयो । सन् २००७ मा विश्वको अग्लो शिखर सगरमाथा र २०१४ मा पाकिस्तानमा रहेको दोस्रो अग्लो शिखर माउन्ट केटु आरोहण गरिसकेको यो टोलीले तेस्रो शिखर कञ्चनजंघा आरोहण गर्न लागेका हुन् । भारतीय, चाइनिज र स्पेनिस आरोहीहरु समेत उहाँहरुको टोलीमा समावेश छन् । टोलीले जलवायु परिवर्तन न्यूनीकरणको सन्देश समेत दिनेछ ।

जलवायु परिवर्तन न्यूनिकरणका साथै महिलाले कञ्चनजंघा जस्तो अप्ठ्यारो हिमाल पनि चढ्न सक्छन् भन्ने सन्देश दिन आरोहण गर्न लागिएको आरोही पासाङ शेर्पाले बताउनुभयो । कंचनजंघा आरोहण गर्न अप्ठ्यारो रहेकोले व्यवस्थित तवरले तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

सन् २०१३ र २०१४ मा आरोहणका क्रममा लगातार दुर्घटना भएयता कञ्चनजंघामा हिमाल आरोहण नभएको पर्यटन मन्त्रालय पर्वतारोहण शाखाले जनाएको छ । सन् २०१३ मा तीन जना र २०१४ मा पाँच जनाको आरोहणका क्रममा ज्यान गएपनि हालसम्म शव निकाल्न सकिएको छैन । हिमाल आरोहणका क्रममा ४५ देखि ५० दिन सम्म लाग्न सक्ने पथप्रर्दशक नुरीले बताउनुभयो । यता, लामो समयपछि हिमाल आरोहण हुन लागेको भन्ने थाहा पाएपछि जिल्लावासी पर्यटन प्रर्वद्धनमा ठूलो राहत पुग्न सक्ने भन्दै हर्षित भएका देखिन्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: