बालगृहमा निःशुल्क स्वास्थ्य परिक्षण


प्रकाशित मिति :2017-04-10 12:38:19

बेलिना थापा, लमजुङ । विश्व स्वास्थ्य दिवसको अवसरमा बेसिशहर स्थित आदर्श बालगृहमा रहेका बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङको आयोजनामा भएको स्वास्थ्य परिक्षणमा जिल्ला सामुदायिक अस्पतालका चिकित्सकहरुले सेवा दिएका थिए ।

बन्दकोठामा भाषण गर्नुभन्दा सेवा गरेर नै दिवस मनाउनु उपयुक्त रहेको भन्दै निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य प्रमूख दुर्गादत्त चापागाईले बताउनुभयो ।

कार्यालयमा आएको कार्यक्रमको लागि विनियोजित खाजा तथा भत्ता रकम समेत बालगृहका बालबालिकाको शैक्षिक सामाग्रीको लागि सहयोग गरिएको उहाँको भनाई छ ।

जिल्ला स्वास्थ्य समन्वय समितिका संयोजक एवं स्थानिय विकास अधिकारी डिल्लीराम सिँग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारी लगायतको सहभागिता रहेको थियो । सोहि अबसरमा बेसिशहरमा रहेको भूपू सैनिक डेन्टल होमले बालबालिकाहरुको निशुल्क दन्त परिक्षण गरेका थिए ।

यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयकै आयोजनामा नौथर सेरामा परिवार नियोजन सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा १६ जना महिलाले परिवार नियोजन सम्बन्धि लामो अवधिको इम्प्लान्ट राखेका थिए ।

सामुदायिक स्वास्थ्य इकाइमा आयोजना गरिएको शिविरमा जिल्ला जनस्वास्थ्य कार्यलयका परिवार नियोजन सुपरभाइजर कौशल भण्डारी, जनस्वास्थ्य निरीक्षक मनोज बोहोरा लगायतले सेवा दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: