‘महिलाको सामथ्र्य र नेतृत्वदायी भूमिका उजागर गरेको छ’


प्रकाशित मिति :2017-04-10 13:18:42

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल उद्योग वाणिज्य महासंघको प्रमुख पदमा महिला पुग्नुले नेपाली महिलाहरुको सामथ्र्य र नेतृत्वदायी भूमिकाको उजागर गरेको बताउनुभएको छ ।

सोमबार बिहान काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५१ औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले नेपाल उद्योग वाणिज्य महासंघको संशोधित विधानको प्रावधान अनुरुप वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष रहेको सन्दर्भमा आगामी नेतृत्वका लागि हालकी वरिष्ठ उपाध्यक्ष भवानी राणालाई अग्रीम बधाई दिनुभयो ।

उहाँले भन्नुभयो,- ‘नेपालको राष्टप्रमुख, प्रधानन्यायधिश र सभामुख जस्ता महत्वपूर्ण स्थानमा महिला रहेको सन्दर्भमा निजी क्षेत्रको महत्वपूर्ण संस्थाको प्रमुख पदमा महिला पुग्नुले नेपाली महिलाहरुको सामथ्र्य र नेतृत्वदायी भूमिकाको उजागर गरेको छ ।’

दाहालले राणालाई सामाजिक उत्तरदायित्व वहन गर्दै खरो रुपमा उत्रिन समेत आग्रह गर्नुभयो । उहाँले अहिले देश पूरै स्थानीय तहको निर्वाचनमा होमिइसकेको भन्दै आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्ने कार्यमा आ-आफ्नो तह र तप्काबाट हरतरहले सहयोग गर्न आग्रह गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: