महिला खबर
कपिलवस्तु । अनेमसंघ जिल्ला समिति कपिलवस्तुले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कम्तीमा पनि ३३ प्रतिशत महिलालाई प्रमुख पदमा उम्मेदवारी दिने अभियान चलाउने भएको छ ।
संघका केन्द्रीय सदस्य बिमला घिमिरेका अनुसार संघको सोमवार जितपुरमा बसेको बैठकले ३३ प्रतिशत महिला प्रमुख पदमा गएमा महिलाका धैरै समस्या समाधान हुने भन्दै प्रमुख पदमा महिलाकाे उम्मेदवारी दिने निर्णय गरेको छ । ‘प्रमुख पदमा महिला उठाउनका लागि हामी कोशिस गरिरहेका छौं’, संघका अर्का केन्द्रीय सदस्य शान्तिदेवी चमारले बताउनुभयो ।
बैठकमा निर्वाचनलाई केन्द्रीत गरि संघका अध्यक्ष शारदा शर्माको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन समेत गरिएको नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सूर्य कुमारी शाहिले जानकारी दिनुभयो । त्यस्तै, राज्यको पुर्नसंरचना अनुसार अनेमसंघको सांगठनिक संरचना निमार्ण गरिएको संघका सचिव चेतना अधिकारीले बताउनुभयो । निर्वाचनमा प्रमुख पदमा महिलालाई जिताउन सबै दलका महिला खुलेर लाग्नु पर्ने देखिएको बैठकमा सहभागी शान्त पाण्डेले जनाउनुभयो ।
Comment Here!