प्रमुख नै चाहिन्छः महिला नेता


प्रकाशित मिति :2017-04-11 16:17:35

सर्मिला बुढाथोकी

            रोजकुमारी चौलागाई                                              सुनिता नेपाली                                                     रीता रिमाल

दोलखा । स्थानीय तहको निर्वाचनमा गाँउपालिका तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला अनिवार्य गरेसँगै दोलखाका अधिकांश राजनीतिक दलले उपप्रमुखमा महिलालाई उठाउने तयारी गरिरहेका छन् । महिला नेताहरुले भने गाँउपालिका तथा नगरपालिकामा कम्तीमा ५० प्रतिशत महिला प्रमुख हुनुपर्ने बताउँदै आएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य रोजकुमारी चौलागाई दलहरुले महिलालाई उपप्रमुखमा मात्र उठाए महिलामाथि अन्याय हुने मान्नुहुन्छ । जिल्लाको बैतेश्वर गाँउपालिकामा प्रमुख पदको दाबेदार चौलागाईले राजनीतिक रुपमा निरन्तर लागेका सक्षम महिलालाई, महिला भएकै कारण प्रमुख पदमा योग्य नठान्ने दृष्टिकोण गलत भएको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता एवं दोलखा शैलुङ्गेश्वर गाँउपालिकाको प्रमुख पदका दाबेदार सुनिता नेपाली महिला भएकै कारण प्रमुख पदमा अयोग्य ठान्ने दृष्टिकोणले महिलाले अवसर पाउन नसकेको बताउनुहुन्छ । ‘महिलालाई विश्वास गरेर जिम्मेवारी दिने हो भने पुरुषले भन्दा उत्कृष्ट काम गरेर देखाउन सक्छन्’, उहाँले भन्नुभयो । शैलुङ्गेश्वर गाँउपालिकाको प्रमुखमा उठ्ने आफ्नो चाहनालाई पार्टीले सही मूल्यांकन  गर्ने अपेक्षा राखेको नेता नेपालीले बताउनुभयो ।

माओवादी केन्द्रका नेता रीता रिमाल महिला भएकै कारण कसैले पनि अवसरबाट वञ्चित हुने अवस्था बन्न नहुने बताउनुहुन्छ । कालिञ्चोक गाँउपालिकामा प्रमुखको लागि तयारी गरिरहनुभएका रिमाल पार्टीले आफूभन्दा योग्य र पुरानो राजनीतिकर्मी अगाडि सारे आफुले छोड्न सक्ने तर, महिला भएकै कारण उपप्रमुख पदमा मात्र योग्य ठान्ने अवस्था बने प्रमुख पद नछोड्ने बताउनुभयो ।

नेता रिमालको बुझाइमा विगतमा महिला नेतृत्व स्थापित नभएकै कारण पनि महिलालाई उपप्रमुखको रुपमा मात्र हो । उहाँका अनुसार महिलालाई प्रमुख पदमा उठाए निर्वाचन जित्न नसकिने दलका नेताहरुको सोचाइले महिला नेतृत्व स्थापित गर्ने कुरामा समस्या भएको छ । ‘महिलालाई प्रमुख पदमा उठाउने हो भने बढी मतका साथ विजय हुने र पुरुषको तुलनामा इमानदारीतापूर्वक राम्रो काम गर्नेछन्’, उहाँले भन्नुभयो ।  कतिपय नेताहरुमा महिलामा नेतृत्व क्षमता हुँदै नभएको भ्रम समेत रहेको उल्लेख गर्दै रिमाल भन्नुहुन्छ, ‘अवसर दिने हो भने धेरै महिला नेतृत्वको लागि तयार छन् ।’

दोलखा जिल्लामा एमालेबाट रोजकुमारी चौलागाई, सरस्वती बस्नेत, कालिका पाठक, सिर्जना कार्की, कमला बस्नेत, सीता केसी, कमला ओली, मेनुका सुवेदी लगायत नेताको विभिन्न गाँउपालिका तथा नगरपालिकाको उम्मेदवारको रुपमा चर्चा भएपनि उपप्रमुखको लागि भनेर चर्चा हुने गरेको छ । माओवादी केन्द्रबाट रीता रिमाल, नेपाली कांग्रेसबाट सुनिता नेपाली, उर्मिला कार्की, सिर्जना सुवेदी लगायत नेताहरुको पनि उपप्रमुखकै उम्मेदवारको रुपमा चर्चा हुने गरेको छ । दोलखामा सात गाँउपालिका र दुई नगरपालिका रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: