५ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर


प्रकाशित मिति :2017-04-11 16:23:52

महिला खबर

सप्तरी । जिल्ला शिक्षा कार्यालय सप्तरीले जिल्लाका ५ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर रहेको जनाएको छ ।

विद्यालय भर्ना अभियान २०७४ को तयारी बैठकमा बोल्दै जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले गतवर्ष विद्यालय बाहिर रहेका ७ हजार ७ सय ७५ बालबालिका भर्ना गरिएको र ५ प्रतिशत अझै विद्यालय बाहिरा रहेको जानकारी दिनुभयो । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन आगामी वैशाख ३ गतेदेखि भर्ना अभियान शुरु गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार बालविकास र माध्यमिक तह अन्तर्गत ५ देखि १२ वर्षसम्मका ८१.५ प्रतिशत बालबालिका विद्यालयमा भर्ना भएको तर सो तहका १९.५ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर रहेका छन् । विशेषगरि मुसहर, डोम तथा अति विपन्न परिवारका बालबालिका विद्यालय बाहिरै रहेकाले उनीहरुलाई विद्यालय ल्याउने काम गर्ने उहाँले बताउनुभयो ।

यसैगरि, ४० प्रतिशत मात्र विद्यार्थी विद्यालयमा नियमित उपस्थिति हुदाँ सिकाइ उपलब्धि ४५ प्रतिशत मात्र रहेको भन्दै उहाँले शैक्षिक गुणस्तरका लागि प्रयास गर्ने बताउनुभयो । त्यस्तै झण्डै ९ प्रतिशत बालबालिका प्राथमिक तहमा कक्षा दोहोरिने गरेको तथा ८८ प्रतिशत उर्तिण हुने गरेको बताउनुभयो । यसका लागि बैशाख ३ देखि १४ गतेसम्म  विद्यालय भर्ना गराउने र बैशाख ३० गतेसम्म घरदेलौ अभियान संचालन गरी शतप्रतिशत बालबालिकालाई विद्यालय भर्ना गरिने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: