महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष राणा


प्रकाशित मिति :2017-04-12 09:00:55

महिला खबर

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले इतिहासमा पहिलो पटक महिला अध्यक्ष  पाएको छ ।

महासघंको ५१ औैं साधारणसभाबाट नयाँ नेतृत्वको अध्यक्षमा भवानी राणा चयन हुनुभएको हो । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थापछि राणाले महासंघको इतिहासमा पहिलो महिला अध्यक्ष हुनुभएको होे ।

बाह्र बर्षअघि केन्द्रिय सदस्यमा प्रवेश गर्नुभएको राणा सरकारपछि सवैभन्दा बढी संजाल भएको निजी क्षेत्रको सवैभन्दा ठूलो संगठनमा पुग्नु नेपाली महिलाका लागि पनि गौरवको विषय हो । राणाले आजवाट महासंघको जिम्मेवारी औपचारिक रुपमा समान्नुहुनेछ ।

राणाले अब विकासका लागि एक भएर लाग्नुपर्ने वताउनुभएको छ । ‘निजी क्षेत्रको विकासको लागि एक ढिक्का भएर अगाडी बढ्नुपर्छ,’ राणाले भन्नुभयो ।

त्यसैगरी महासंघको भावी नेतृत्वका रुपमा बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा विजयी हुनुभएको छ । जिल्ला नगरतर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी हुनुभएको छ ।

वस्तुगततर्फको उपाध्यक्षमा अमेशलाल श्रेष्ठ, एसोसिएटतर्फको उपाध्यक्ष पदमा चन्द्र ढकाल निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै बस्तुगत सदस्यमा सौन्दर्यविज्ञ कमला श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

महासंघको नयाँ कार्यसमिति
अध्यक्ष
भवानी राणा
वरिष्ठ उपाध्यक्ष
शेखर गोल्छा
एसोसिएट
चन्द्रप्रसाद ढकाल निर्विरोध
,ओम राजभण्डारी, ज्ञानेन्द्रलाल प्रधान, अशोक कुमार तोदी, प्रबलजंग पाण्डे
, गोपाल खनाल, सौरभ ज्योति, भरतराज आचार्य, विजयसिंह वैद्य, मंगलेश्वर श्रेष्ठ, आनन्द कुमार बगरिया, साहिल अग्रवाल, रन्जितराज आचार्य, सुनिलनारायण श्रेष्ठ,  अशोक कुमार टेमनी, राजेश कुमार अग्रवाल,  रामशरण थपलिया,  ज्योत्सना श्रेष्ठ,  कृष्ण दुलाल,  मनिस अग्रवाल ।

जिल्लानगर

प्रमोद श्रेष्ठ, उमेश डालमिया, सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिशलाल श्रेष्ठ, कृष्णप्रसाद शर्मा, दिपक लम्साल, कृष्ण श्रेष्ठ, ध्रुवराज श्रेष्ठ भारी, दिलसुन्दर श्रेठ, निरक केसी, किशोर कुमार आचार्य, सुरेन्द्र कुमार श्रेष्ठ, चन्द्रकान्त अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, राजकुमार न्यौपाने, कल्यान जोशी, देव कुमार श्रेष्ठ, सुदर्शन कार्की ।

वस्तुगत

उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ, सन्दिपकुमार अग्रवाल, प्रकाशसिंह कार्की,सकुन्तलाल हिराचन,शिवप्रसाद घिमिरे,आकाश अधिकारी,विनोद ढकाल, तिलचन्द्र भट्टराई, कमला श्रेष्ठ, जयप्रकाश सिवाकोटी, सुरेन्द्रकुमार श्रेष्ठ, हेमराज ढकाल, खेमराज पन्त, नरेशलाल श्रेष्ठ, रविनकुमार श्रेष्ठ, सुनिलगोपाल श्रेष्ठ ।

प्रदेशतर्फ

रोहित प्रसाई, गणेश प्रसाद लाठ निर्विरोध, कमलकृष्ण श्रेष्ठ, भिम बहादुर थापा निर्विरोध, लंकमान रोका, प्रकाश थापा निर्विरोध ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: