महिला नेता परेनन् प्रमुखमा


प्रकाशित मिति :2017-04-12 15:48:09

विदुर आचार्य

अमृता नेपाल             बालकुमारी सापकाेटा              भगवती नेपाली               लीला नेपाल                          सीता थापा

सिन्धुपाल्चोक । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलभित्र उम्मेदवारको चर्चा पनि चुलिँदै गएको छ तर, यस्तो चर्चा पुरुष उम्मेदवारको मात्र देखिन्छ ।

स्थानीय तहको प्रमुख वा उपप्रमुखमा एक महिला अनिवार्य भएपनि सबैजसो राजनीतिक दलले महिला नेतृत्वलाई ‘उप’ मै सीमित राख्ने देखिएकाले महिला नेताको खासै चर्चा हुन नसकेको हो । तीन नगरपालिका सहित बाह्र स्थानीय तह रहेको जिल्लामा कुनैपनि तहको प्रमुखमा महिलाको नाम चर्चामा छैन ।

केही समय अघि मेलम्ची नगरपालिकाको मेयरमा एमाले नेता भगवती नेपालको नाम चर्चामा आउन नपाई उपमेयरमा दाबेदार भन्न थालिएको छ । नेपाल दशकौंसम्म राजनीति गरेर ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बन्नुभएको थियो । त्यस्तै, हेलम्वु गाउँपालिकाको प्रमुखको दाबेदार एमाले नेता डोल्मा तामाङको चर्चा पनि सेलाउँदै गएको छ । तामाङ पहिलो संविधानसभाका सदस्य समेत हुनुहुन्छ ।

यस्तै, बाह्रबिसे नगरपालिकामा प्रमुखको दाबी गर्दै आउनुभएकी नेपाली कांग्रेसका नेता लीला नेपाललाई पार्टीले निकै पछाडि धकेलिदिएको छ । अहिले नेपालको भन्दा कांग्रेस नेता बालकृष्ण बस्नेत र भर्खरै शिक्षक पेशावाट अवकाश लिएका यमवहादुर बस्नेतको चर्चा चुलिएको छ । दुई दशक भन्दा बढी राजनीतिमा संलग्न नेपाल भने आफ्नो उमेद्वारी कायम रहेको बताउनुहुन्छ ।

सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा एमालेवाट सोम सापकोटा, इन्द्र नेपाल र ईश्वरी श्रेष्ठको नाम अगाडी छ भने सीता थापा र वालकुमारी सापकोटाको नाम उपमेयरको चर्चामा रहेका छन् । नेपाली कांग्रेसका नेता यज्ञ दंगालको नाम अगाडि आएपछि कांग्रेस नेता शोभा उलकको चर्चा उपमेयरमा हुन थालेको छ ।

यसैगरी माओवादी केन्द्रमा युवराज दुलालको मात्र चर्चा छ तर, कुनैपनि महिला उमेद्वारको चर्चा छैन । यो हिसाबले माओवादी केन्द्र र कांग्रेसको संयूक्त उमेद्वारी पर्ने आँकलन गर्न समेत गर्न थालिएको छ । चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपमेयरमा मात्र महिला उमेद्वारलाई उभ्याउने देखिएको छ । पुष्कर ढुंगेलको नाम अगाडि रहेको सो पार्टीमा सुन्तली ढुंगेल दोस्रो वरियतामा उभिने निश्चितप्रायः देखिन्छ ।

यसैगरी, वलेफी गाँउपालिकामा माओवादी केन्द्रवाट अमृता नेपालको चर्चा छ भने सुनकोशी गाँउपालिकामा नेपाली कांग्रेसका नेता लक्ष्मी पौडेलको चर्चा छ । त्यस्तै लिसंखु पाखर गाँउपालिकामा एमाले नेता हेमगंगा तामाङ र जुगल गाँउपालिकामा माओवादी केन्द्रकी अम्बिका नेपालको नाम अगाडि छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: