देवानी र फौजदारी संहिता मस्यौदा तयार


छाउपडी प्रथा गर्नेलाई तीन महिनासम्मको कैद सजाय

प्रकाशित मिति :2017-04-12 16:17:12

सन्दिप वि.क

काठमाडौं । मुलुकी ऐनलाई समसामयिक र व्यवहारिक बनाउन बनेको देवानी संहिता र फौजदारी संहिताले अन्तिम रुप पाएको छ ।

व्यवस्थापिका संसद अन्तर्गतको विद्यायन समितिले नेपालका सरोकारवाला पक्ष, विज्ञ, मित्रराष्ट्र भारत, जापान, फिलिपिन्स लगायतका मुलुकको असल अभ्यासलाई समेटेर ती दुई संहितालाई अन्तिम रुप दिएको समितिले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

समितिका सभापति गंगा चौधरीले देवानी र फौजदारी संहितालाई लामो समय लगाएर प्रगतिशिल र समसामयिक बनाएको बताउनुभयो । यस्तै देवानी संहिता उपसमितिका संयोजक राधेश्याम अधिकारीले वृद्ध बाबुआमाका लागि छोराछोरीको हेर्नुपर्ने दायित्व, केटाकेटीलाई संरक्षकत्व दिने, महिला अधिकार लगायतका राम्रा व्यवस्था संहितामा समेटिएको बताउनुभयो ।

देवानी कार्यविधि उपसमितिका संयोजक रेवती भण्डारीले भिडियोमार्फत साक्षी बुझ्ने व्यवस्था, तारिकमा आउनुको कारण थाहा पाउने लगायतको राम्रो व्यवस्था भएको बताउनुभयो । सांसद लक्ष्मणलाल कर्णले फौजदारी फौजदारी र देवानी संहिता फरक फरक तरिकाले निर्माण भएको हुँदा काम गर्न र अध्ययन गर्न सहज भएको बताउनुभयो ।

कानुन आयोगका अध्यक्ष माधव पौडेलले मुद्धाका लागि कानुन व्यवसायी राख्न नसक्नेका लागि सरकारले व्यवस्था गर्ने र फैसला भएको २५ दिनभित्र पूर्ण फैसला सार्वजनिक रुपमा टाँस्नुपर्ने लगाएतको व्यवस्था भएको बताउनुभयो ।

दुवै संहितामा कानुनको दृष्टिमा सबै समान हुने, भेद्भाव गर्न नपाइने, करार गर्न पाउने, इच्छाविरुद्ध काममा लगाउन नपाइने, सम्पति प्राप्ति, अधिग्रहण, लिलाम, वा जफत नगरिने, क्षतिपूर्ति भराइदिने लगायत व्यवस्था रहेको छ । उप समितिले पेश गरेको प्रतिवदेनहरु परिमार्जन सहित पारित भै व्यवस्थापिका संसदमा समेत पेश भइसकोे छ ।

संहितामा के छ महिलाको विषय

  •  दुवै संहितामा रजस्वला वा सुत्केरी हुँदा छुट्टै राखिने छाउपडी प्रथा जस्ता विभेदकारी कार्य गर्नेलाई अपराधिक कसुरको रुपमा परिभाषित गरी तीन महिनासम्मको जेल सजाय हुने व्यवस्था ।
  • एसिड जस्तो रसायनिक बस्तु छर्केर कुरुप पार्ने कार्यलाई अपराधिक कुसरको रुपमा परिभाषित गरी आठ वर्ष सम्मको कैदको  व्यवस्था ।
  • विवाहित महिलाले विवाहपछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुबै थर प्रयोग गर्न सक्ने व्यवस्था ।
  • पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था ।
  • पति पत्नीको मञ्जुरीले वा पतिको कारणबाट पति पत्नीबीच सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद गर्नु अघि पति पत्नीबीच अंशवण्डा गर्न लगाउनुपर्ने
  •  पति पत्नीले आपसी समझदारीबाट बाहेक छुट्टै वासस्थान निर्धारण गरेकोमा बाहेक पत्नीको वासस्थान पतिको घरमा कायम भएको मानिने।
  • पति पत्नीले एक अर्कालाई निजको सीप, योग्यता वा क्षमता अनुसारको पेशा, व्यवसाय वा काम गर्न रोक्न नहुने ।
  • विधवाले जहिलेसुकै आफ्ना अंश लिई भिन्न हुन सक्ने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: