लैगिंक समानताको सन्देश दिन सगरमाथा आरोहण


प्रकाशित मिति :2017-04-13 11:52:04

महिला खबर

काठमाडौँ । हिमाल आरोही कान्छिमाया तामाङ समानता र महिला सशक्तिकरणका लागि यस पटक सगरमाथामा चढ्ने भएकी छन् । कान्छिमायाले वैशाख १ बाट सगरमाथा आरोहका लागि यात्रा सुरु गर्नेछिन् ।

कान्छिमायाले ‘लैंगिक समानता र महिला सशक्तिकरणको सन्देश दिन युएनओमेनको झन्डा सगरमाथामा गाडेने कार्यक्रम रहेको छ । यात्रा सम्पन्न गर्न तत्कालीन परिस्थती र वातावरण हेरी एक महिना सम्म लम्बीन सक्ने जनाएको छ । कान्छिमायाका गाइड सरगरमाथा आरोही फेम्बा शेर्पा हुनेछन् ।

सिन्धुपाल्चोकको भोटाङकी तामाङ वैदेशिक रोजगारका लागि अरबमा ६ वर्ष बसेर नेपाल फर्केकी हुन् । त्यहाँ बस्दा धेरै दु:ख पाएपछि नेपालमा नै गएर केही गर्नुपर्दछ भन्ने सोचले फर्किएको उनले बताइन् ।

कान्छिमायाले यस अघि ६४७० मिटर अग्लो हिमाल चढिसकेकी छन् । उनले सगरमाथा चढ्नुको उद्देश्य पीडित महिलाको उद्धार गर्नुपर्छ, महिला बेचविखन विरुद्ध आवाज उठाउनुपर्दछ भन्ने सन्देश विश्वभर फैलाउन सगरमाथा आरोहण गर्ने लागेको बताइन् ।

सिन्धुपाल्चोक महिला बेचबिखनको जिल्ला भनेर चिनिने र बेचिएरका महिला फर्किएर समाजमा पुन:स्थापना हुन नसक्दा भारतमा गएर बस्न बाध्य भएको बताउँदै उनले सिन्धुपाल्चोक बेचबिखनको जिल्ला नभई पर्यटकीय क्षेत्र भएको सन्देश दिन सगरमाथा आरोहनमा अग्रसर भएकी हुन् ।

युएनओमेनका सरु जोशी श्रेष्ठका अनुसार लैगिंक समानताका लागि सगरमाथा आरोहणको कार्यक्रम गरिएको र युएनओमेनले पनि महिलासंग सम्बन्धी काम गदै आएको भन्दै आरोही तामाङले युएनओमेनको झन्डा पनि गाड्ने कार्यक्रम राखिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: