कुवेतबाट साउदी लगिएका घरेलु कामदारको उद्धार


प्रकाशित मिति :2017-04-13 14:46:57

काठमाडौं । अरवस्थित नेपाली दूतावासले १० जना महिला कामदारलाई उद्धार गरी स्वदेश पठाएको छ । उनीहरुमध्ये २ जना बुधबार राती र ८ जना बिहिबार बिहान एयर अरेबिया हुँदै काठमाडौं आइपुगेका हुन् । उद्धारमा हुनेमा घरेलु कामदारका लागि कुवेतवाट साउदी लगिएका घरेलु कामदार समेत छन् ।

नेपाली दूताबासका अनुसार लम्जुङकी अमृता गुरुङ, टेककाशी घले, वर्दियाकी पार्वतीदेवि न्यौपाने, लक्ष्मी परियार र रामेछापकी चन्द्रमाया सुनुवारलाई उद्धार गरिएको हो । उनीहरु कम्पनीमा कार्यरत कामदार हुन् । कम्पनीले भिसा नलगाई गैरकागजात हैसियत बनाएपछि उद्धारका लागि दूताबास पुगेका थिए ।

कुवेतवाट साउदी लगिएका ताप्लेजुङकी निर्मला मग्रान्ती, झापाकी टिकामाया परियार, भिमाकुमारी चौधरी, राधिका बुढाथोकीलाई उद्धार गरिएको साउदीका लागि कार्यबाहक राजदुत आनन्दराज शर्माले बताए ।

स्वदेश फिर्न रियाद बिमानस्थल पुगेका सर्मिला तितुङ र सीता थिङलाई भने स्पोन्सरले हुरुप लगाइदिएको भन्दै बिमानस्थलबाटै फर्काइदिएको छ । साउदी सरकारले गैरकागजात बिहिन हैसियत भएका कामदारलाई विना सजाय स्वदेश फिर्नको लागि आममाफी दिएपछि उनीहरुलाई सहज रुपमा स्वदेश पठाउन सकेको शर्माले बताए । ‘१२ जना मध्ये १० जना नेपाल पुगेका छन् । दुई जना फिर्ता भएको छ,’ उनले भने,‘फिर्ता भएको मुद्धालाई टुङगाउने प्रक्रिया अगाडि बढिसकेको छ ।’

उद्धार भएकाहरु ५ महिना यता देखि दूताबासको अस्थायी सेल्टरमा बस्दै आएका थिए । ‘सेल्टरमा अझै १० जना छ । उनीहरुलाई स्वदेश पठाउन साउदीको सम्बन्धीत निकायमा पहलकदमी हुदै आएको छ,’ उनले भने,‘अधिकांस कुवेतबाटै आएकोले स्वदेश पठाउन अलि कठिन छ । आममाफी भएकोले अहिले जरिवना मिनाह हुने भएकोले झन्झटिलो कम छ ।’

स्रोतः कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: