प्रमुख पदमा महिला सुनिश्चितता आवश्यक


प्रकाशित मिति :2017-04-13 15:31:30

सन्दिप वि.क

काठमाडौं । स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख पदमा सुनिश्चित गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । सञ्चारिका समूहद्धारा संचालित ‘समकोण’ कार्यक्रम छाँयाकनका क्रममा सहभागिहरुले राजनीतिक दलहरु महिला उम्मेदवारका विषयमा मौन रहेको भन्दै महिलालाई प्रमुख पदमा उठाउनुपर्ने माग गरेका हुन् ।

‘दलहरु महिला उम्मेदावरको विषयमा मौन छन्, त्यसैले हामी स्वंम महिला निर्वाचनमा डटेर लाग्नुपर्छ ।’ अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य रत्न गुरुङले भन्नुभयो । उहाँले निर्वाचनमा महिलालाई निर्वात रुपमा उठ्न र भोट हाल्ने वातावरण बनाउन महिलामैत्री वातावरण हुनुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्रकी सदस्य अञ्जली शाक्यले महिलालाई सहायक भूमिका दिएर मात्र अधिकार दिएको छु भन्ने स्थिती आएको भन्दै महिलालाई अधिकार दिन कन्जुस्याई नगर्न दलहरुलाई आग्रह गर्नुभयो ।

दलित महिला संघकी निशा मालबुलले दलित महिलालाई वडा सदस्यमा मात्र सिमित नराखी नेतृत्वमा पनि उठाउनुपर्ने माग गर्नुभयो ।

महिला संघ काठमाडौं क्षेत्र नं १ का सचिव अम्बिका सुवेदी र आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनीमाया माझीले वडा सदस्यमा दलित महिलाको उम्मेदवार नपरेमा अन्य महिलाले अवसर पाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघकी अध्यक्ष प्रतिमा गुरुङले महिलाभित्र पनि अपांगता भएका महिला र अपांगता भित्र पनि विविधतालाई केलाएर राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

महिलाको परम्परात भूमिका परिवर्तनमा स्थानिय निकायको निर्वाचन विषयक छलफलमा सहभागीहरुले विषेशगरि पितृसत्तात्मक सोच बदलेर अबको निर्वाचनले महिलाको परम्परागत भूमिकामा परिवर्तन खाँचो रहेको औल्याएका थिए ।

वक्ताका रुपमा रहनुभएका पूर्व सभासद, नेकपा माओबादी केन्द्रकी सदस्य अमृता थापामगरले महिलाको परम्परागत भूमिकामा परिवर्तन ल्याउन परिवारभित्र श्रमविभाजन गरि महिलालाई घरायसी कामको लोड कम गराउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै संघिय मामिला जानकार कृष्णप्रसाद सापकोटा र तत्कालिन स्थानिय तह पुनसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानिय तहको नेतृत्वमा महिलालाई पुर्याउन दलहरुले पहल गर्नुपर्ने र महिला स्वयम् पनि सशक्त भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

‘समकोण’ कार्यक्रम कान्तिपुर टेलिभिजनमा शुक्रबार राति ९ बजे प्रसारण हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: