मेयरमा एक मात्र आकांक्षी गंगा अधिकारी


प्रकाशित मिति :2017-04-13 16:25:57

अप्रिल अधिकारी

गंगा अधिकारी

रामेछाप । आसन्न स्थानीय निर्वाचनमा पुरुष उम्मेदवारहरुकै मात्र चर्चा चलिरहेको बेला नेपाली कांगेस्रको भातृ संस्था महिला संघ रामेछापकी सभापति गंगा अधिकारीले साहसका साथ मन्थली नगरपालिकाको मेयर पदमा दाबी गर्नुभएको छ ।

उपमेयरमा मात्रै महिला नेताको नाम आइरहँदा अधिकारीको दाबीले जिल्लामै स्थान पाइरहेको छ । अन्य मुख्य दुई पार्टी एमाले र माओवादी केन्द्रमा भने नगरपालिकाको मेयर दाबी गर्नेमा अधिकांश पुरुष नै देखिन्छन् । तर, दलभित्र आधिकारिक उम्मेदवार को हुने भन्ने छिनोफानो भइसकेकोे भने छैन ।

मन्थली नगरपालिकामा उनी एक्लो उम्मेदवार भने हैन । आफ्नै पार्टीबाट आफू सहित ८ जनाको मेयरमा दाबी परिरहेको बताउने अधिकारीले आफू पदका लागि हरेक कुरामा योग्य भएको बताउनुभयो । ‘मेयरले सम्हाल्ने कार्यभार अध्ययन गर्दा मैले पनि गर्नसक्ने रहेछ, यसमाथि पछिल्ला दिनमा मौलाउँदै गएको भ्रष्टाचारलाई शुद्धीकरण गर्दै स्वच्छ, निस्वार्थ र समुन्नत विकासको वितरणमा नयाँ फड्को आफैंले थालनी गर्नुपर्छ भन्ने सन्देशका साथ मैले मेयरमा दाबी गरेकी हुँ’, उहाँले भन्नुुभयो ।

२ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा उपप्रमुख पदमा समेत महिला खुलेर आउन नसकेको शीर्ष नेताहरु नै स्वीकार गर्छन् । उप मेयरमा महिलातर्फ एमालेबाट माया कार्की, शान्ता सापकोटा र कांग्रेसबाट रमा दाहाल (बस्नेत), सृजना खड्का लगायतको चर्चा चलेको छ ।

को हुन् गंगा अधिकारी ?

२३ मंसिर २०२२ मा सुर्खेतमा जन्मनुभएकी अधिकारी २०३८ सालदेखि नेविसंघमा संलग्न हुँदै २०४२ मा भएको सत्याग्रहमा शिक्षिका भएर महिलाको भूमिकालाई समेत पार्टीभित्र उच्च राख्नुभएको थियो । पछि, रामेछाप कठजोरका पुराना कांग्रेस नेता पद्यमशंकर अधिकारीको छोरासँग विवाह गरी राजनितिमा सक्रिय रहँदै आउनु भएकी अधिकारी कांग्रेस र पद्यमशंकरको परिवारको सदस्य भएकै कारण माओवादी द्वन्द्धको समयमा सपरिवार विस्थापित हुनु पुग्नुभयो । शान्ति सम्झौता पश्चात वातावरण सामान्य बन्दै गएपछि उहाँले आफ्नो राजनीतिक यात्रालाई पुनः सुचारु गर्नुभयो ।

महिला अधिकारहरु सुनिश्चित हुन नसकी रहेको अवस्थामा उनीहरुको पक्षमा बोल्नुपर्छ, जाने बुझेको मान्छेले अभियान नचलाए महिलालाई अघि बढ्न मुश्किल हुने भन्दै उहाँ महिला संघमा आवद्ध हुनुभएको थियो । त्यसपछि महिला संघ रामेछापको सचिव हुँदै तेस्रो जिल्ला अधिवेशनमा अत्यधिक मत ल्याई सभापतिमा निर्वाचित हुनुभएको थियो । यस्तै, २०७२ मा भएको नेपाली कांग्रेसको तेह्राै‌ अधिवेशनमा उहाँ जिल्लाबाट सबैभन्दा बढी भोट ल्याई महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: