अपांग हुनुमा मेरो के दोष ?


प्रकाशित मिति :2017-04-13 16:53:18

यमुना खनाल

सिरहा । लहान नगरपालिकाकी रीमा शाह अरुले बोलेको कुरा राम्रोसँग सुन्न सक्छिन्, बुझ्छिन पनि । तर, बोल्ने प्रयास गर्दा उनको घाँटी अस्वाभाविक रुपमा फुल्छ र टाउको पूरै बटारिएर पछाडीपट्टि जान्छ । केहिगरि बोलीहाले पनि उनको आवाज सामान्य जस्तो छैन । नजिकै गएर सुन्दा मात्र उनको कुरा बुझ्न सकिन्छ ।

शारीरिक रुपमा अपांग हुनुको पीडा त छँदैछ तर, यस्तो पीडालाई टोलकै मानिसहरुले नक्कल गरेर जिस्क्याउँदा उनी मरेतुल्य हुन्छिन् । उनको टाउको घुमेको नक्कल गर्दै जिस्कयाउनेमा पढे लेखेका र शिक्षित भनिनेहरु समेत छन् । मानिसहरुको यस्तो व्यवहारले उनलाई कहिले त जीवनदेखि नै दिक्क लाग्ने गर्छ । ‘जान्ने बुझ्ने मान्छेले समेत मलाई मजाकको रुपमा लिन्छन्, यस्तो भएपछि म जस्ता अशक्तको कुरा कसले बुझ्छ ?’ दुःखी हुँदै उनले सुनाइन् ।

उनलाई बाँच्न र हौसला दिने एउटै कुरा छ, त्यो हो उनको पढाइ । १८ वर्षिया रीमा अहिले लक्ष्मण ललिता कुशवाहा उच्च माविमा कक्षा १२ मा पढ्दैछिन् । स्कुलमा शिक्षक र साथीहरुले दिने माया र प्रेरणाले आफूलाई हौसला दिएको उनी बताउँछिन् । ‘स्कुलका शिक्षक र साथीहरुले मलाई औधी माया गर्छन्, तर टोल छिमेकमा चिन्ने जान्नेहरुले नै चोट दिँदा साह्रै पीडा हुन्छ’, उनी भन्छिन् । रीमाको पढाइ पूरा गरेर जुनसुकै क्षेत्रमा लागेपनि राम्रो काम गर्ने सपना छ ।

शारीरिक अपांग हुँदा सामाजिक व्यवहारका कारण मानसिक रुपले समेत पीडित हुनेमा लहान नगरपालिका एककी अर्की एक किशोरी पनि छिन् । दीपा यादव (नामथर परिवर्तन) को सानै उमेरमा आगोमा परेर अनुहार जलेको छ । त्यो घटना कहिले भयो उनलाई थाहा छैन । उनलाई पनि गाँउटोलका मानिसले देख्ने बित्तिकै ‘मुहँ झर्कल्हि’ (मुख डढेकी) भनेर गिज्याउँछन् । स्कुल जाँदा आउँदा टोलमा आफूलाई विभिन्न उपनामले बोलाउने गर्दा साह्रै हिनताबोध हुने गरेको उनी बताउँछिन् ।

शारीरिक रुपमा अशक्त अथवा फरक क्षमता भएका व्यक्तिलाई सहयोग, संरक्षण गर्नु नागरिकको कर्तव्य हो । तर, उल्टै उनीहरुको तीखा बचनको पीडा खप्न बाध्य छन्, अपांगता भएका व्यक्तिहरु ।

‘त्यस्तो वचनले कुनै अपराध गरेझैं अनुभव हुन्छ, तर अपांग हुनुमा हाम्रो के दोष छ ?’ उनको प्रश्न छ । आफुलाई कसैको सहारा नचाहिएको तर आत्मसम्मानका साथ बाँच्न र हिँडडुल गर्दा कसैले गाली बेईज्जती नगरिदियोस् तथा कुनै उपनामले नबोलाओस् भन्ने आफ्नो चाहना रहेको उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: