निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न ध्यानाकर्षण


प्रकाशित मिति :2017-04-14 10:00:11

-विदुर आचार्य-

सिन्धुपाल्चोक । स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग पूर्णरुपमा निषेध गर्न माग गरिएको छ । जिल्ला बाल संजालले विहिबार आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाहरुले स्थानीय तहको निर्वाचन पूर्व, निर्वाचन अवधिभर र निर्वाचन पश्चातको गतिविधिमा बालबालिका प्रयोग नगर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएका हुन् ।

निर्वाचनको मिति तय भइसकेको तथा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरिसकेको अवस्थामा निर्वाचन प्रयोजनका निम्ति बालबालिकाको प्रयोग गरिए बालअधिकारविरुद्ध हुने भन्दै सरोकारवालाहरुले बालबालिका प्रयोग नगर्न राजनीतिक दलको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा प्रशासकीय अधिकृत पिताम्वर पाण्डेले सरकार र मुख्य राजनीतिक दलले बालबालिका र विद्यालयलाई शान्ति क्षेत्रका रुपमा स्वीकार गरी कुनैपनि राजनीतिक गतिविधिमा बालबालिकालाई संलग्न नगर्ने तथा विद्यालयलाई राजनीतिक थलोको रुपमा प्रयोग नगर्न स्मरण गराउँदै निर्वाचन प्रयोजनका निम्ति बालबालिका प्रयोग नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गैससका जिल्ला अध्यक्ष तथा बाल कल्याण समितिका सदस्य सोम सापकोटाले बालबालिकाको प्रयोग गरी हुने कुनैपनि अवैध गतिविधिलाई न्यूनीकरण गर्न समाजमा सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न संयुक्तरुपमा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको थियो । जसअनुसार विद्यालय परिसरभित्र कुनै पनि राजनीतिक सभा, सम्मेलन, बैठक, माइकिङ, जुलुस, र्याली तथा धर्ना नगर्न, बालबालिकालाई निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्यमा प्रयोग नगर्न, विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द नगर्न, बालबालिकालाई विद्यालय जान र त्यस प्रयोजनको निमित्त प्रयोग गरिने सवारी साधनको आगमनमा बाधा, व्यवधान र अवरोध सृजना नगर्न माग गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: