पर्यटन, कृषि र जलविद्युतवाट समृद्धिः राष्ट्रपति


प्रकाशित मिति :2017-04-14 19:37:03

महिला खबर

सुनसरी । राष्ट्रपति विद्या भण्डारीले देशको समृद्धि पर्यटन, कृषि र जलविद्युतबाट मात्र सम्भव रहेको बताउनुभएको छ । ओखलढुंगाको देम्बा डाँडामा प्रथम थोलेदेम्बा पर्यटन महोत्सवको शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देश विकासका लागि पर्यटनको विकास मुख्य आधार भएको बताउनुभयो ।

थोलेदेम्वा ओखलढुंगाको सबैभन्दा अग्लो स्थानमा रहेको स्थान हो । यो समुन्द्री सतहदेखि ३ हजार ३ सय मिटरको उचाइमा रहेको छ । राष्ट्रपति भण्डारीले पर्यटन प्रर्वद्धनका लागि पुनःनिर्माण पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उर्जाशील युवालाई पर्यटनमैत्री तालिम दिएर अवसर सिर्जना गर्नु आजको आवश्यकता हो ।’

स्थानीय विकासका लागि यस क्षेत्रको अथाह प्राकृतिक तथा सांस्कृतिक सम्पदाको उचित सदुपयोग गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो । कार्यक्रममा एमाले महासचिव ईश्वर पोख्रेल तथा कांग्रेस नेता सुजाता कोइराला पनि सहभागी थिए । मेला तीन दिनसम्म सञ्चालन हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: