रेडियोद्वारा आमा समूहलाई जिल्ला उत्कृष्ट सम्मान


प्रकाशित मिति :2017-04-15 09:17:08

बेलिना थापा

लमजुङ । सदरमुकाम बेशीसहरमा रहेको फुलबारी आमा समूह जिल्लाकै उत्कृष्ट आमा समूहको रूपमा सम्मानित भएको छ ।

लमजुडको अग्रणी रेडियो मस्र्याड्दी ९५ मेगाहर्जको ११ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान एवं सांस्कृतिक कार्यक्रममा उक्त आमा समूहलाई यस वर्षको जिल्ला उत्कृष्ट आमा समूह सम्मान गरेको हो ।

रेडियोले विगत ४ वर्षदेखि हरेक वर्ष स्थापना दिवसको अवसरमा उत्कृष्ट काम गर्दै आएको एक आमा समूहलाई सम्मान गर्दै आएको र यो वर्ष बेशीसहर नगरपालिका स्थित फुलबारी आमा समूहलाई सम्मान गरिएको रेडियोका निर्देशक मिना गुरुडले बताउनुभयो ।

फुलबारी आमा समूहका अध्यक्ष पवित्रा थापा राना लगायत आमा समूहका पदाधिकारीलाई सांसद जमिन्द्रमान घलेले प्रशंसापत्र सहित सम्मान गर्नुभएको थियो ।

२०५६ सालमा स्थापना भएको फुलबारी आमासमूहले समाजमा रहेको समस्यालाई ध्यानमा राखी विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएका छ । समाजका विभिन्न विकृति, विसंगतीलाई न्युनीकरणका लागि पनि सबै महिलाहरू सङ्गठित भएर काम गर्दै आएका छन् । आमा समूहले स्थापना देखिनै बेशीसहरको टोलटोलमा सरसफाई अभियान निरन्तर रूपमा गर्दै आएका छन् भने बेशीसहरमै तिनधारे पधेरो निर्माण, मस्र्याड्दीनदीको तीरमा मलामे पाटी निर्माण, सामुदायिक भवन निर्माण गरको छन् । यस्तै, विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, नाली निर्माण, सार्वजनिक शौचालय निर्माण, सिलाई कटाई तालिम सञ्चालन, कोसी खेती तालिम सञ्चालन, समूहमा रहेका ७० वर्ष माथिका आमाहरुलाई सम्मान गर्दै आएको छ।

सम्मानित भएपछि बोल्दै अध्यक्ष रानाले जिल्लामा सामुदायिक रेडियो मस्र्याड्दीले गर्दै आएको काम उदाहरणीय रहेको बताउनुभयो । उहाँले रेडियोले महिला, बालबालिका लगायत बृद्धबृद्धाको लागि र समुदायको लागि सशक्तीकरण गर्ने खालको काम गरेको भन्दै धन्यावाद दिनुभयो । उत्कृष्ट आमा समूहको रूपमा आफ्नो समूहलाई छनौट गरेको भन्दै यो सम्मानले सामाजिक काम गर्नमा थप हौसला मिलेको बताउनुभयो ।

सामाजिक संघसंस्थासग आर्थिक तथा भौतिक सहयोगमा चेतनामुलक कार्यक्रम सञ्चालन, सांस्कृतिक कार्यक्रम, सामुदायिक सेवा केन्द्र सँग समन्वय गरी सडक नाटक प्रर्दशन गर्दै आएको छ भने आगामी दिनमा पनि गर्ने अध्यक्ष रानाले बताउनुभयो । रेडियोले गत बर्ष त्रिशक्ति महिला संजाललाई सम्मान गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: