बाबुको किरियामा छोरी


प्रकाशित मिति :2017-04-16 10:53:18

काठमाडौं  । पाँच वर्षअघि आमाको काजकिरिया गर्न खोज्दा पुरोहित नमानेपछि उनले आमाको किरिया गर्न पाइनन् । आमाको काजकिरिया उनका बाबु एक्लैले गर्नुपर्‍यो । चैत ३१ गते बुबाको मृत्युपछि रमादेवीले बाबुको किरिया आफैं गर्ने भनेपछि पुरोहितले गराउन मानेनन् र आफन्त दाजुभाइले हेर्न हुँदैन भन्दै कोरा र ढिकुरोसम्म पनि आएनन् ।

छोरीले किरिया गरेको हेर्न हुन्न भन्दै पारिवारिक पुरोहित आउन नमानेपछि रमादेवीले अन्यत्रैबाट पुरोहित बोलाई बाबुको काजकिरिया सुरु गर्नुभयो । अविवाहित ५२ वर्षीया रमादेवीले व्रतबन्ध गरी जनै लगाउनुभएको थियो । उहाँ अहिले जनै फेरेर कपाल काटी कोरामा बस्नुभएको छ । ‘आमाको काजकिरिया गर्न पुरोहितले दिएनन्, मैले बुबाको अन्यत्रैबाट पुरोहित झिकाएर किरिया गरेकी हुँ , उहाँले भन्नुभयो, ‘छोरीले गर्ने काजकिरिया हेर्न हुन्न भन्दै दाजुभाइ कोही पनि आएनन् ।

सभापोखरी गाउँपालिका -१ धुपुका हालै मात्र बित्नुभएका दाताराम भेटवालका पाँच बहिनी छोरीमध्ये रमादेवी पनि एउटी हुनुहुन्छ । कोरा बस्नुभएकी उहाँले १२ दिनमा ढिकुरो फुटाएर काजकिरिया सकी एक वर्ष जुठो बार्ने बताउनुभयो । गाउँका पुरोहितले साथ नदिएपछि सभापोखरी-२ बाट घनश्याम दाहाललाई काजकिरिया गर्न बोलाएर ल्याउनुभएको छ । ५ छोरीमध्ये ३ जना जीवित छन् ।

विवाहित विष्णुमाया दुलाल र मेनुका अधिकारी पनि उहाँसँगै झोक्रेर बस्नुभएको छ । आमाको काजकिरिया गर्दा ब्राह्मणले छुन र छोरीलाई गर्न नदिएपछि रमादेवी कोरामा मात्र बसेको बताउनुभयो ।

‘समाज शिक्षित र परिवर्तन भए पनि यो गाउँका अग्रजको मनस्थिति र सोच परिवर्तन नहुँदा छोरीप्रतिको व्यवहार अझै उस्तै छु, अधिकारकर्मी केशकुमारी कार्कीले बताउनुभयो, ‘एकै परिवारको भएपछि छोराछोरी दुवै समान हो । विवाह, काजकिरिया गर्ने समान अधिकार हुन्छ, यो कुरा समाजले बुझ्न आवश्यक छु, उहाँले भन्नुभयो । तीन दाजुभाइमध्ये साइँला र जेठाका छोरा छन् भने रमादेवी कान्छा भाइ दातारामकी छोरी हुन् । दातारामका दाजुभाइ खलकका कोही पनि रमादेवी बसेको कोरामा आएनन् । रमादेवीले बुबाको शवको अन्तिम संस्कार गर्नुभयो, चितामा दागबत्ती दिनुभयो, कपाल खौरेर जनै र सेतो कपडा लगाएर कोरामा बस्नुभएको छ । उहाँले वर्षदिनसम्म बर्खान्त बार्ने बताउनुभयो ।

स्रोतः अन्नपूर्ण पोस्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: