नेतृत्वको लागि दलित महिलाको खोजी


प्रकाशित मिति :2017-04-16 14:34:14

सर्मिला बुढाथोकी

                  सुनिता नेपाली                                                                   करुणा दर्नाल

दोलखा । नयाँ संविधान अनुसार निर्वाचन निर्देशिकाले स्थानीय तहको निर्वाचनमा दलित महिलाको प्रतिनिधित्व अनिवार्य गरेसँगै जिल्लामा नेतत्वमा जानसक्ने दलित महिलाको खोजी हुन थालेको छ ।

जिल्लामा क्षमता भएका दलित महिलाको संख्या उल्लेख्य रहेपनि जिम्मेवारी दिन खासै चासो नदिने दलहरु निर्वाचन निर्देशिका कार्यान्वनका लागि अहिले दलित महिलाको खोजीमा लागेको कालिञ्चोक गाउँपालिकाकी रुपमाया सार्कीले बताउनुभयो । विगतमा समावेशिताका लागि मात्र दलित महिलाहरुलाई विभिन्न समितिमा राख्ने गरेका दलहरुलाई स्थानिय निकायको निर्वाचनमा दलित महिला नेतृत्व भेट्न हम्मे हम्मे पर्ने रुपमायाको धारणा छ । उहाँले भन्नुभयो, ‘संविधानले दलित महिलाको प्रतिनिधित्व अनिवार्य भनेर नतोकेको भए हाम्रो प्रतिनिधित्व सम्भव थिएन । ’

क्षमता भएका दलित महिलाको उपेक्षा भइरहेको बेला यो पटकको निर्वाचनमा अनिवार्य सहभागिताले उनीहरुलाई न्याय भएको उहाँको भनाइ छ । दलित महिलाको सवालमा तर्क गर्ने, आफ्नो धारणा राख्न सक्ने भएकाले आफ्नो पनि नेतृत्वमा चर्चा चलेको उहाँले जानकारी दिनुभयो । ‘समावेशिको लागि मात्र भन्दा पनि नेतृत्वका लागि अवसर दिए जिम्मेवारी पूरा गर्न सक्ने थिएँ,’ उहाँले भन्नुभयो ।

दोलखा शैलुङ्गेश्वर गाउँपालिकाकी करुणा दर्नाल संविधानले व्यवस्था गरेजस्तो दलित महिलाको नेतृत्वको अभाव हुने बताउनुहुन्छ । उहाँका अनुसार अघिपछि दलित महिलाको नेतृत्वको बारेमा कुनैपनि राजनीतिक दलले चासो नदिएको र अहिले सङ्कट परेपछि खोजी सुरु भएकोेले समस्या भएको हो । ‘विगतमा दलित महिलालाई पनि विभिन्न अवसरहरु दिने, राजनीतिक क्रियाकलापमा सहभागी गराउने काम गरिएको भए अहिले नेतृत्वको अभाव हुँदैन थियो’, उहाँले भन्नुभयो ।

कांग्रेस नेता सुनिता नेपाली विगतमा दलका नेताहरुले दलित महिलालाई अवसर नदिएका कारण स्थानीय तहको निर्वाचनमा संविधानको भावना अनुसार दलित महिलाहरुलाई उम्मेद्वार बनाउन समस्या देखिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘यो पटक नेतृत्व स्थापित गर्ने हिसाबले दलित महिलालाई प्रतिनिधित्व गराउन सकिए आगामी निर्वाचनहरुमा यस्तो समस्या आउँदैन, अहिलेको निर्वाचन दललाई शिक्षा पनि बनेको छ ।’

नेकपा एमाले दोलखाका सचिवालय सदस्य घनश्याम रिजालले भने दलित महिलाको प्रतिनिधित्व गराउन धेरै समस्या नभएको बताउनुभयो । ‘हाम्रो पार्टीले जिल्लाका सबै गाँउपालिका र नगरपालिकाको वडाहरुमा संवैधानिक व्यवस्था अनुसार दलित महिलालाई उम्मेदवार बनाउँछ, त्यसमा समस्या छैन’, रिजालले भन्नुभयो । दोलखाको केहि गाँउपालिकाका केही वडाहरुमा भने दलित समुदायको बसोबास नभएकोले संवैधानिक व्यवस्था अनुसार प्रतिनिधित्व गराउन समस्या हुने उहाँले बताउनुभयो ।

चेतनाको हिसाबले भने सबै दलित महिलाहरु समान नभएकोले केही ठाँउहरुमा सक्षम दलित महिलाको प्रतिनिधित्व गराउन भने समस्या हुनसक्ने रिजालको बुझाइ छ । विगतमा राज्यको ऐन कानुन र राज्य सञ्चालकहरुको सोचका कारण शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सुविधाबाट वञ्चित हुनुपरेकोले सबै ठाँउमा सक्षम दलित महिला पाउन समस्या हुनसक्ने उहाँको भनाइ छ । ‘स्थानीय तहले अब दलित महिलाहरुलाई समेत सचेत र सक्षम बनाउनेछ’, उहाँले भन्नुभयो ।

तस्वीरः  सुनिता र करुणा

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: