महिला उम्मेदवारलाई मिडियाको साथ आवश्यकः रन्जुकुमारी झा


प्रकाशित मिति :2017-04-16 18:48:01

महिला खबर

काठमाडौं । व्यवस्थापिका संसदको महिला बालबालिका तथा समाजकल्याण समितिका सभापति रन्जुकुमारी झाले आसन्न स्थानीय निर्वाचनमा अपेक्षित लक्ष्य हासिल गर्न महिला उम्मेदवारलाई मिडियाको साथ आवश्यक भएको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित ‘स्थानीय तहको निर्वाचनमा महिला सहभागिताका लागि सञ्चार माध्यमको भूमिका’ नामक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभापति झाले महिलालाई चुनाव लड्न निकै मुश्किल भएकोले उनीहरुलाई अगाडि ल्याउन ठूलो भूमिका खेल्ने बताउनुभयो । ०५४ मा भएको निर्वाचनको अनुभव सुनाउँदै झाले मिडियाले सहयोग गरेकै कारण त्यतिबेला चुनाव हारेपनि जिल्लामा आफ्नो राम्रो छवि बनेको बताउनुभयो ।

सभापति झाले अहिले महिला उम्मेदवार मिडियामा खुल्न चाहेपनि धेरै मिडिया इमान्दार नभएकोले अगाडि आउन नसकेको बताउनुभयो । ‘मिडिया इमान्दार छैन, आचारसंहिताभित्र छैन । यसैले महिला मिडियाबाट टाढा छन् । पुरुष नेतालाई जसरी मिडियाले महत्व दिन्छन्, महिलालाई दिँदैनन्’, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सीलका सदस्य शुभेच्छा बिन्दुले पत्रकारको सामाजिक दायित्व, मिडियाको वस्तुस्थिती र महिला नेताको मिडियामा कम पहुँच हुनुको कारणबारे कार्यप्रत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उहाँले गत वैशाख १ गतेदेखि प्रेस काउन्सीलले मिडिया अनुगमन सुरु गरिसकेको र आचारसंहिता विपरित काम गरेको पाइएमा पत्रकार तथा मिडियालाई तुरुन्त कारबाही गरिने जानकारी दिनुभयो ।

नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल समक्ष स्थानीय निकायमा ४० % र राज्यको हरेक संरचनामा ३३ % महिला सहभागिता सुनिश्चित गर्न ज्ञापन पत्र बुझाउँदै अधिकारकर्मीहरु ।

स्थानीय निर्वाचनमा महिला सहभागिताको लागि साझा अभियानले आयोजना गरेको सो कार्यक्रममा विभिन्न राजनीतिक दलका महिला नेता, अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका महासचिव धना खतिवडा, नेकपा एमालेका केन्द्रय सदस्य सावित्रा भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका महिला संघ उपाध्यक्ष पवित्रा सुब्बा श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शशि श्रेष्ठ तथा नेता अनिता परियार, संघीय समाजवादी फोरम महिला संघ अध्यक्ष निर्मला यादव, अखिल नेपाल प्रगतिशिल महिला संघका उपाध्यक्ष जनक चालिसे लगायतका नेताले मिडियाबारे आफ्ना धारणा राख्नुभएको थियो ।

महिला नेताहरुले मिडियामा आफ्नो पहुँच नभएको, मिडियामा महिला उम्मेदवारबारे धेरैजसो नकरात्मक कुरा आइरहेको, स्थानीय तवरमा महिला नेताले गरेका कामको प्रचार नभएको, पुरुष नेतालाई मात्र महत्व दिने परिपाटी भएको लगायतका समस्या भइरहेकोले महिला नेतालाई खुलेर आउन मुश्किल परेको र अब मिडियाले नै महिला नेतालाई खोज्नुपर्ने बताएका थिए ।

यसैबिच, साझा अभियानले आज नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवा  र एमालेका महासचिव इश्वर पोखरेल समक्ष स्थानीय निकायमा  ४०% र राज्यको हरेक संरचनामा ३३% महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै ज्ञापन पत्र  बुझाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: