राष्ट्रपति भण्डारी भारत भ्रमणमा


प्रकाशित मिति :2017-04-17 10:42:46

-महिला खबर-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज मित्रराष्ट्र भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।  भण्डारी आज बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उहाँ भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणमा भारत जानुभएको हो । उहाँको यो राष्ट्रपतिका रुपमा पहिलो विदेश भ्रमण हो । भ्रमणमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत ३४ सदस्यीय टोली रहेका छन् । पाँच दिने उक्त राजकीय यात्रालाई भारतले ‘विदेश सद्भावना यात्रा’ को संज्ञा दिएको छ ।

भारत भ्रमणमा क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जीसँग भेटवार्ता गर्नुहुनेछ । यस्तै भण्डारीले उपराष्ट्रपति माेहम्मद हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश मन्त्री सुष्मा स्वराजसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

यस्तै राष्ट्रपतिको पहिलो विदेश भ्रमणको अवसरमा सरकारले साेमबार सार्वजनिक बिदा दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: