महिलामैत्री वातावरण बनाउन जोड दिँदै मतदाता शिक्षा


प्रकाशित मिति :2017-04-17 12:45:18

सर्मिला बुढाथोकी

दोलखा । संविधानले व्यवस्था गरेको महिला अधिकार र प्रतिनिधित्व, महिला मैत्री वातावरण निर्माण, मतदान गर्ने तरिका लगायतका विषयमा सर्वसाधारणलाई जागरुक गराउने उदेश्यले जिल्ला निर्वाचन कार्यालय दोलखाले मतदाता शिक्षा तालिम सम्पन्न गरेको छ ।

दुई चरणमा सम्पन्न मतदाता शिक्षा प्रशिक्षक प्रशिक्षण तालिममा एक सय ६० महिला र सात जना पुरुष गरी एक सय ६७ जनाको सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख सच्युतराज उप्रेतीले बताउनुभयो । तालिममा विभिन्न गाँउपालिकाको वडामा कार्यरत सामाजिक परिचालक, बाल शिक्षा केन्द्रमा कार्यरत शिक्षिका र स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको उहाँले बताउनुभयो ।

प्रशिक्षक प्रशिक्षण तालिम लिएका सहभागीहरुले हरेक मतदान केन्द्रमा पुगेर संवैधानिक व्यवस्था अनुसार महिलाहरुको प्रतिनिधित्व, मत हाल्ने तरीका र अत्याधिक मतदाता सहभागिता गराउन सहजीकरण गर्ने कुरामा वडा सचिव, कार्यकारी अधिकृतसँग समन्वय गरेर काम गर्ने पनि जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख उप्रेतीले बताउनुभयो । दोलखा जिल्लामा रहेको दुई नगरपालिका, सात गाँउपालिका र ७४ वडामा ९४ मतदान स्थल र एक सय ८८ वटा मतदान केन्द्र प्रस्ताव गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: