अधिकारबारे महिला बेखबरः यशोदा तिम्सिना


प्रकाशित मिति :2017-04-17 13:43:42

बेलिना थापा

लमजुङ । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदा तिम्सिनाले धेरै महिला राज्यले दिएको महिला अधिकारका विषयमा बेखबर भएको बताउनुभएको छ ।

लमजुङको अग्रणी सामुदायिक रेडियो मस्र्याङ्दीको ११ औं स्थापना दिवस एवं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजना गरिएको सूचनाको हक कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘राज्यले महिलालाई दिएको सेवा सुविधा यति धेरै छ, जुन सुन्दा अचम्म लाग्छ, तर त्यही कुरा धेरै महिलालाई थाहा नै छैन ।’

कार्यक्रममा उहाँले ‘महिलालाई राज्यको सहुलियत’ विषयक कार्यपत्र प्रस्तुत गर्दै महिलाले राज्यबाट पाएका सुविधा, छुट, मानव बेचबिखन, घरेलु हिंसा लगायतको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले सूचनामा ठूलो शक्ति हुने भन्दै जसले सूचना लिन्छ त्यो व्यक्ति शक्तिशाली हुने बताउनुभयो । उहाँले महिलाहरुले जति सक्दो छिटो सूचना लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कानुनी रुपमा नागरिकका लागि पर्याप्त अधिकार दिएपनि त्यसको बारेमा स्वयं नागरिक जानकार नहुनु ठूलो समस्या रहेको छ ।’ उहाँले महिलाका लागि राज्यले धेरै अधिकार दिएको भन्दै तिनलाई कार्यान्वयनमा ल्याउन ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुशासन र सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउने भन्दै संविधानले महत्वपूर्ण हकको रुपमा सूचनाको हकलाई लिएको बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेलले स्थानीय तहको निर्वाचन नजिकिँदै गएको भन्दै यो समयमा संचारकर्मीहरुलाई सहि सूचना दिन आग्रह गर्नुभयो ।

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले विकास, समृद्धिका लागि संचार अपरिहार्य रहेको बताउनुभयो । यस्तै बेशीसहर आमा समूह समन्वय समितिका अध्यक्ष लक्ष्मी अधिकारीले महिलाको क्षेत्रमा, महिलाको आवाज सामुदायिक रेडियोले सधैं उठाउँदै आएको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: