मैना सुनुवार हत्या प्रकरणः तत्कालिन तीन सैनिक अधिकारीलाई जन्मकैद फैसला


प्रकाशित मिति :2017-04-17 14:25:04

काभ्रे । माओवादीसंगको युद्धकालमा गरिएको एक गैरन्यायिक हत्याको मुद्दामा नेपाली सेनाका तत्कालिन तीन अधिकारीलाई काभ्रे जिल्ला अदालतले जन्मकैदको सजाय दिइएको छ । यसप्रकारको मुद्दामा सैनिक अधिकारीलाई अदालतबाट सजाय गरिएको संभवत पहिलो पटक हो ।

जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुने फैसला गरेको हो । जन्मकैद फैसला भएपनि ५ बर्ष कैद गर्नु ‘मनासिब’ हुने भन्दै सर्वोच्च अदालतलाई राय लेखेर पठाएको जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए । चालक रहेका तत्कालिन सेनानी निरञ्जन बस्नेतलाई भने ‘आदेश मात्रै पालना गरेको’ भन्दै सफाइ दिएको छ ।

खरेलथोकस्थित भगवती माविको कक्षा ९ मा अध्ययनरत सुनुवारलाई सेनाको गस्तीले पक्राउ गरेर ल्याएको ४ दिनपछि ०६० फागुन ५ गते सेनाको तालिम केन्द्रमै यातना दिएर हत्या गरेपछि ब्यारेकभित्रकै खोल्सामा गाडेको थियो । राष्ट्रिय र अन्तराष्ट्रिय मानव अधिकारकर्मीहरुको लामो दबाबमा २ बर्ष ८ महिनापछि उत्खनन् गर्दा व्यारेकभित्रै कंकाल भेटिएको थियो । १५ बर्षीय सुनुवारको हत्याको आरोपमा विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत काठमाडौ ३३ घर भएका महासेनानी खत्री, काठमाडौ ३ घर भएका सहसेनानी अधिकारी, रुपन्देही ३ घर भएका सहसेनानी अमित पुन र दोलखा मकैबारी गाविस ९ घर भएका सेनानी निरञ्जन बस्नेतलाई विपक्षी बनाइ ०६४ माघ ७ मा अभियोग दर्ता भएको थियो । ०७० असोज १ गतेदेखि मुद्दा २ बर्षका लागि मुल्तवीमा थियो । सुनुवारकी आमा देवीले मुद्दा जगाउन निवेदन दिएपछि जिल्ला अदालत काभ्रेमा २ बर्षको लागि मुल्तवी रहेको सशस्त्र द्वन्दकालीन मुद्दा फेरी जागेको हो ।

नेपाली सेनाले भने सैनिक अदालतमार्फत फैसला भएर कार्वाही गरिसकेको बताउँदै आएको छ । प्रहरीले पनि सेना विरुद्धको जाहेरी दर्ता गर्न अस्विकार गर्दै आएपनि सर्वोच्च अदालतको आदेशपछि दर्ता गरेको थियो ।
मैनाकी आमा देवीले ढिलै भएपनि न्यायको ढोका खुलेको प्रतिकृया दिइन् । ‘दर्ता नै गर्न नमानेको मुद्दामा फैसला हुनु राम्रो हो,’ देवीले भनिन्, ‘अव फैसला कार्यान्वय हुनुपर्यो, पीडकलाई तत्काल हिरासतमा लिएर कार्वाही थाल्नुपर्यो ।’ ४ जनाका विरुद्ध किटानी जाहेरी दिएकी उनले निरञ्जन बस्नेतले उन्मुक्ति पाएको भन्दै यसको लागि पुन न्यायको ढोका ढकढक्याउने बताइन् ।

स्रोतः कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: