एउटै पदमा सासू-बुहारीकाे दाबी


प्रकाशित मिति :2017-04-18 14:00:22

लिलाराज भट्टराई

सुनसरी । झापामा एउटै नगरको एउटै पदमा एकै घरका दुई महिलाले उपप्रमुख (उपमेयर) मा उम्मेदवार दाबी गरेका छन् । उम्मेदवारको दावी गर्नेमा एक सासू र अर्की बुहारी हुन् ।

पूर्वी झापाको दमक नगरपालिकाको उममेयर पदका लागि सासूबुहारीले फरक फरक पार्टीवाट उम्मेदवारी दाबी गरेका हुन् । सासू सुमित्रा प्रसार्इं नेकपा एमाले र उहाँकी कान्छी बुहारी रेगिना भट्टराई नेपाली काँग्रेसबाट उपमेयरका आकांक्षी बनेका हुन् ।

सासू बुहारी एउटै घरबाट समस्या हुँदैन ? भन्ने हाम्रो प्रश्नमा उहाँहरुले व्यक्तिगत रुपमा चुनाव लड्ने नभई पार्टीगत प्रतिस्पर्धामा सिमित हुने भएकाले कुनै समस्या नहुने बताउनुभएको छ । ‘हामी दुईमा जसले हारेपनि जित्नेलाई माला लगाउँछौं, विकासमा सघाउँछौं’, प्रसार्इंले भन्नुभयो । सासु बुहारीले फरक फरक पार्टीवाट एउटै पदमा टिकट पाए पनि चुनाव मैत्रीपूर्ण हुने उहाँको दाबी छ । नेकपा एमाले दमकबाट उपमेयरमा उनी बाहेक सुमित्रा भण्डारी, लीला ढुंगेल र नेत्रकुमारी घिमालको नाम चर्चामा छ । नेपाली काँग्रेसबाट रेगिना सहित गोमा बुढाथोकी, चन्द्रा खड्का भट्टराई र लता चापागाईंको पनि चर्चा छ ।

सुमित्रा प्रसाईं

सुमित्रा नेकपा एमाले झापाको जिल्ला कमिटी सदस्य हुन् । उहाँ पहिलो स्थानीय निकायको निर्वाचन २०४९ मा दमक नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । स्थानीय निकायमा काम गरेको अनुभवले पनि आफू उपमेयरका लागि योग्य रहेको उहाँको भनाई छ ।

उहाँले दमकको सामाजिक संस्था नारी एकता न्यायिक मञ्चमा दुई कार्यकाल नेतृत्व गरिसक्नुभएको छ । दमक १ स्थित भृकुटी प्राविको सञ्चालक समितिको अध्यक्ष र हिमालय माध्यमिक विद्यालयको संचालक समितिको सदस्य भएर काम गरेको अनुभव पनि छ, प्रसार्इंसँग । आफूलाई पार्टीले उपमेयरको टिकट दिए दमकलाई नेपालकै नमूना नगर बनाउन योगदान दिने उहाँको दाबी छ ।

रेगिना भट्टराई

रेगिना नेपाल जेसीज दमकको पूर्व अध्यक्ष हुन् । सामाजिक संघसंस्थाहरुमा उहाँको निकै सक्रियता देखिन्छ । यसबाहेक उहाँ नेपाल महिला संघको क्षेत्रीय सभापति,  नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि, सप्तरङ्गी एफएमको सञ्चालक समिति सदस्य, युनिक कलेजको सञ्चालक र लायन्स क्लवमा समेत आवद्व हुनुहुन्छ ।

उहाँ फेवा आयल ल्यूब उद्योगमा समेत आवद्ध हुनुहुन्छ । एकै परिवारका दुईजनाले एउटै पदमा आकांक्षा दिएकोबारे रेगिना भन्नुहुन्छ, ‘यो हाम्रोभन्दा पनि पार्टीले दिएको जिम्मेवारी हो, यसले हाम्रो पारिवारिक सम्वन्धमा कुनै असर गर्दैन ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: