बेलिना थापा
लमजुङ । बेसिशहर स्थित आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका चार बालबालिका १४ वर्षपछि घर पर्किएका छन् ।
साविकको कोल्की गाउँ विकास समिति वडा नं ०२ निवासी १६ वर्षिय मसिनु गुरुङ, १७ वर्षिय पृथ्वी गुरुङ, उदिपुर खत्रिचौरका १६ वर्षिय निशा परियार र मालिङ ८ घर भएका १७ वर्षिय सफल ठाडाँ मगरलाई १४ वर्षपछि परिवारमा जिम्मा लगाईएको हो ।
निशा परियारको अभिभावक निरु परियारले निशालाई आमाबाबाले छोडेर गएपनि आफूले आमाको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, –‘निशा र मनिसालाई आर्थिक अवस्थाले भ्याएसम्म उच्च शिक्षा प्रदान गर्नेछु ।’
पुर्नंस्थापित बालबालिकाले आगामी दिनमा आफुहरुजस्तै अभिभावक गुमाएका बालबालिकाको लागी सहयोग गर्ने बताएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बालगृहवाट सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष सानुमायाँ गुरुङले लामो समयदेखि बालगृहमै बसेका बालबालीकासँग छुट्नुपर्दा नरमाइलो अनुभुती भएको भन्दै वालवालिकाहरुलाई वालगृहको ढोका सधैँ खुल्ला रहेको बताउनुभयो ।
१४ वर्षयता देखि बालगृहमा आश्रीत बालबालिकालाई यस वर्ष एस ई ई परिक्षा दिए पश्चात पारिबारमा पुनस्थापना गराइएको केन्द्रकी सचिव हुमा गुरुङले बताउनुभयो ।
Comment Here!