मेयर र उपमेयरका आकांक्षी महिला बढ्दै


प्रकाशित मिति :2017-04-18 18:39:33

पार्वती पाण्डे
कपिलवस्तु । आउँदो वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तुमा मेयर र उपमेयरका आंकाक्षी महिलाको संख्या बढ्दै गएको छ ।

मेयरमा एमालेका तीन महिला नेता आकांक्षी देखिएका छन् । वाणगंगा नगरपालिकामा एमाले नेता बिमला घिमिरे, कपिलवस्तु नगरपालिकामा सरिता आचार्य र वुद्धभुमिमा शारदा शर्माको आकांक्षा रहेको छ । शिवराज नगरमा नेकपा माओवादी केन्द्रबाट दीपा केसी मेयरको उम्मेदवार हुने चर्चा छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु नगरपालिकाको मेयरमा विजय लक्ष्मी सिंहको चर्चा चलेको छ । राष्ट्रिय जनमोर्चामा पनि मेयरमा महिला आकांक्षी देखिएका छन् । जनमोर्चाबाट वाणगंगा नगरपालिकामा लक्ष्मी भुसाल, बुद्धभूमि नगरपालिकामा मेयरमा लक्ष्मीनारायण खनाल आकांक्षी छन् ।

कपिलवस्तुका कुनै पनि नगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसबाट महिला आकांक्षी छैनन् । नेपाली कांग्रेसबाट धेरै महिला नेताले उपमेयरमा दाबी गरेका छन् । वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाको उपमेयरमा इन्दिरा भट्टराई र बसन्ती सिंहको आकांक्षा रहेको छ । यस्तै बुद्धभूमिको उपमेयरमा मीना केसीको दाबी छ ।

यस्तै, एमालेबाट बाणगंगा नगरपालिकाको उपमेयरमा सूर्य कुमारी शाही, रीता चौधरी, माया चौधरी र चेतना अधिकारीको चर्चा छ । त्यस्तै बुद्धभूमीमा शुसिला दर्लामी र शिवराजमा शान्ता सेनले उपमेयरमा उठ्ने चाहना राखेका छन् । माओवादी केन्द्रबाट भने शिवराज नगरमा मासन्तोषी पाण्डे र वाणगंगामा जनी बन्जाडे उपमेयरमा उठ्ने चर्चा छ ।

मुलुकको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा कपिलवस्तु नगरपालिकामा मेयरका लागि विजय लक्ष्मी सिंहको आकांक्षा रहेको छ । यस्तै, राष्ट्रिय जनमोर्चाले बुद्धभूमि नगरपालिकाको उपमेयरमा मीना के.सी., शिवराज नगरपालिकाको उप–मेयरमा इन्दु खनाल, कपिलवस्तु नगरपालिकाको उप–मेयरमा राधा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जिल्लामा ६ नगरपालिका, ४ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेका छन । निर्वाचन कार्यालयका अनुसार कार्यालयमा २६ दल दर्ता भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: