बुढीगंगा गाँउपालिकामा एमालेका पाँच महिला


प्रकाशित मिति :2017-04-19 12:46:37

महिला खबर

सुनसरी । नेकपा एमालेले मोरङको बुढीगंगा गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा गरि पाँच जना महिलालाई सिफारिस गरेको छ । अध्यक्षमा रीता न्यौपाने र उपाध्यक्षमा जानुका लेखी, जलसरी विश्वास, तुलसा विष्ट र सुष्मादेवी विश्वासलाई सिफारिस गरेको हो ।

अध्यक्षमा न्यौपानेसँगै पुरुषतर्फ बलभद्र सर्दार, प्रेम चाम्लिङ, मकर बुढाथोकी, नवराज बिष्ट, राजन केसीको नाम पनि सिफारिसमा परेका छन् । यस्तै, उपाध्यक्षमा पुरुषतर्फ वैजु विश्वासलाई पनि सिफारिस गरेको छ ।

अध्यक्षमा सिफारिस रीता न्यौपाने सिफारिस गरिएकामध्ये प्रमुख दाबेदारका रुपमा हेरिएकी छन् । उहाँ टंकीशिसनवारीकी बासिन्दा हुनुहुन्छ । नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भइसक्नुभएकी न्यौपाने रेयुकाई र सहकारी संस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ । उहाँ अनेमसंघ जिल्ला सदस्य र पार्टी गाउँपालिका सचिवालय सदस्य समेत हुनुहुन्छ । पार्टीले आफूलाई टिकट दिए स्थानीय श्रोत साधनको सदुपयोग गरेर विकास गर्दै बेरोजगारी समस्या हल गर्ने न्यौपानेले बताउनुभयो ।

यसैगरि उपाध्यक्षमा सिफारिस जानुका लेखी एमाले बुढीगंगा गाउँपालिकाको सचिवालय सदस्य र अनेमसंघको क्षेत्रीय सदस्य हुनुहुन्छ । उहाँ सहकारी संस्था र विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध हुनुहुन्छ । यस्तै, तुलसा विष्ट अवकास प्राप्त शिक्षक हुनुहुन्छ । उहाँ राजसती बहुउद्देश्यीय सहकारी संस्थाका सचिव समेत हुनुहुन्छ । त्यस्तै, जलसरी विश्वास २०५४ सालको स्थानीय निकायको निर्वाचनमा हात्तिमुढा गाविस वडा नम्वर २ को वडा सदस्य हुनुहुन्थ्यो । सुष्मा विश्वास भने अनेमसंघ क्षेत्रीय कमिटीको सदस्य हुनुहुन्छ ।

बुढीगंगा गाँउपालिका विराटनगर उपमहानगरपालिकासँग जोडिएको टंकीसिनवारी गाविस र हात्तिमुढा, डंग्रहा, शिशवनि वडहरा गाविस मिलेर बनेको गाँउपालिका हो । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा यी चार गाविसमा हात्तीमुढा बाहेक सबै गाविसमा कांग्रेस बिजयी भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: