कालिकोटकै नमुना तरकारी खेती


प्रकाशित मिति :2017-04-19 12:59:41

महिला खबर

कालिकोट । जिल्लाको पलाता गाउँपालिका खिन गाउँकी अस्कला तिरुवा (५२) ले व्यवसायिक रुपमा सुरु गरेको तरकारी खेती गाउँकै नमुना खेती बनेको छ । उनले ६ महिना अघिदेखि तरकारी लगाउन सुरु गरेकी थिइन् ।

वर्षेनी खडेरीको मार खेपिरहँदा परम्परागत रुपमा लगाउने अन्नबालीको उत्पादन घट्दै गएको भन्दै उनले तरकारी खेती शुरु गरेकी थिइन् । त्यसपछि, एउटा गैससबाट तालिम, बीउविजन र प्लाष्टिक घर पाएपछि उनको योजना अघि बढ्यो ।
सडक यातायातको सहज पहुँच नभएको खिन पलाता गाउँपालिकामा उत्पादित वस्तुहरुको बजारीकरण गर्न समस्या देखिन्छ । उनी भने आफूले उत्पादन गरेका तरकारी गाउँमै खपत हुनेगरी व्यवसाय गरिरहेको बताउँछिन् । ‘५ छोरा र १ छोरी छन्, उनीहरु भारतमा गएर व्यापार गर्छन्’, तिरुवाले भनिन्, ‘मेरो त बजार यहिँ छ, नाम्लो लगाएर तरकारी गाउँ–गाउँ पुर्याउँछु ।’

उनले हाल लगाएका तरकारीहरुमा प्याज, आलु, भण्टा, गोभी, काउली, भाजि, धनियाँ लगायत छन् । उनका अनुसार उत्पादन भएका तरकारी सबै गाउँमै खपत भइरहेका छन् । उनले भनिन्, ‘उमेरले ५२ वर्ष भयो, काम गर्ने जोस र जाँगरले २५ वर्षे जवानीको अनुभव हुन्छ ।’ कुनैपनि औपचारिक शिक्षा नलिइएकी तिरुवा हिसाब किताबमा समेत अब्बल छिन् । उनी मुखैले लेनदेनका हिसाब मिलाउँछिन् । यसले उनको व्यवसायमा फाइदा पुगेको छ ।

‘माइतीमा हुँदा देखिनै अन्नबाली लगाएको हो, तर यसले कहिल्यै राम्रो आम्दानी भएन, तरकारी लगाउँदा फाइदा हुने देखेपछि यतैतिर लागें’, उनी भन्छिन् । उनले व्यवसायिक तरकारी खेतीका साथै फलफुल खेतीको पनि शुरुवात गरेकी छन् ।  जिल्ला कृषि विकास कार्यालय कालिकोटले जिल्लाका विभिन्न गाविसहरुलाई स्याउ पकेट क्षेत्रका रुपमा विस्तार गरेसँगै उनले पनि व्यवसायिक स्याउ खेतीको शुरुवात गरेकी हुन् । ‘रोपेका १ सय ५० भन्दा विरुवा स्याउका हुन्, अब ती चाँडै फल्नेछन्’, उनले सुनाइन् । बन्दै गरेको कर्णाली करिडोरले उत्पादित स्याउलाई बाहिरी बजारसम्म पुर्याउनेमा उनी आशावादी छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: