सीप सिक्न महिला उत्साहित


प्रकाशित मिति :2017-04-19 13:27:17

-पार्वती पाण्डे –

कपिलवस्तु । कर्महना कपिलवस्तुकी मीना खनाललाई सीप सिकेर आफ्नै खुट्टामा उभिने मन छ । उनी अहिले बुटिक तालिम लिइरहेकी छिन् । हाल बेरोजगार उनी सीप सिकी स्वरोजगार हुने योजनामा छिन् । बुटिक तालिम सकिएपछि आफैले पसल खोली व्यवसाय गर्ने उनको भनाइ छ ।

तालिममा सहभागी गजेहडाकी गीता पौडेल पनि बुटिक तालिम सिक्दै छन् । उनको पनि तालिमपछि यहि पेशालाई व्यवसायिक रुपमा लैजाने सोच छ । ‘जागिर पाइँदैन, तालिम लिइरहेकोले केही गर्न सकिन्छ भन्ने आँट आएको छ’, उनी भन्छिन् । उनको जस्तै विचार लिएर गजेहडा तीनकुनेकी कमला आचार्य पनि तालिममा सहभागी भएकी छन् ।

सीप विकास केन्द्र वुटवल र जनसेवा बहुमुखी सहकारी गजेहडा कपिलवस्तुको संयुक्त आयोजनामा गजेहडामा ६५ दिने बुटिक तालिम भैरहेको छ । सहकारीका अनुसार महिलाहरुलाई सीप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यका साथ बुटिक तालिम शुरु गरिएको हो । तालिममा जिल्लाका विभिन्न स्थानका २५ महिला सहभागी छन् । यीनमा धेरैजसो विवाहित महिला छन् । महिलाहरुले उत्साहका साथ तालिम लिइरहेको प्रशिक्षक रीता पाण्डेले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: