अशक्तका लागि सहजता गरिनेछः प्रमुख निर्वाचन आयुक्त यादव


प्रकाशित मिति :2017-04-19 14:38:29

महिला खबर

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले अशक्त, गर्भवती महिला तथा वृद्धवृद्धालाई मतदान केन्द्रसम्म ल्याउन सहजता गरिने बताउनु भएको छ ।

मतदान केन्द्रसम्म आउन नसक्नेका लागि प्रत्येक मतदान केन्द्रमा समिति निर्माण गरिएको बताउँदै उहाँले अशक्तहरुलाई मतदान गराउने व्यवस्थाका लागि आयोगले ती समितिहरुलाई अधिकार समेत दिएको बताउनुभयो ।

यद्यपी, उहाँले अशक्तहरुलाई घरघरमै साधन पठाएर मतदान केन्द्रमा ल्याउने व्यवस्था भने नगरिने प्रष्ट पार्नुभयो । बुधबार आयोजित पत्रकारसँगको अन्र्तक्रिया कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनका तयारी, सुरक्षा व्यवस्थाबारे जानकारी गराउँदै चुनावको तयारीमा जुट्न दलहरुलाई आग्रह समेत गर्नुभएको थियो ।

उहाँले हिड्न सक्ने वा भौतिक रुपमा सबल रही मतदान केन्द्रसम्म पुग्न सक्ने मतदातालाई भने उक्त सुविधा नदिइने बताउनुभयो ।
‘अशक्त वा कुनै किसिमको अपांगता भएको व्यक्ति मतदान केन्द्रमा आउन नसक्ने भए वहाँहरुलाई ल्याउन आवश्यकता अनुरुपको व्यवस्था गर्न समिति हुन्छ । त्यो समितिसँग छलफल गरेर उहाँहरुलाई मतदान सहजताको लागि व्यवस्था गरिनेछ’, प्रमुख आयुक्त यादवले भन्नुभयो ।

उहाँले मतदानलाई सहज र सरल बनाउने कार्यका लागि प्रत्येक मतदान केन्द्रमा विभिन्न समिति, मतदाता शिक्षा समन्वयन समिति, सर्वदलीय सर्वपक्षीय समिति बनाइएको र उक्त समितिलाई मतदानसम्बन्धी व्यवस्थापनको अधिकार दिइएको जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: