द्वन्द्वपिडित महिलाले दिए उम्मेदवारी


प्रकाशित मिति :2017-04-19 16:34:17

-अप्रिल अधिकारी –

रामेछाप । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका द्वन्द्वपीडित परिवारका दुई महिला पनि वडा सदस्यका आकांक्षी देखिएका छन् ।

जिल्लाको लिखु गाउँपालिकाको महिला वडा सदस्यको रुपमा तिल्पुङका द्वन्द्वपीडित रजिना बुढाथोकी र भीम लक्ष्मी सार्की नेकपा एमालेका तर्फबाट महिला आरक्षित सिटमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

रजिना बुढाथोकीका बुबा झपड बुढाथोकीलाई द्वन्द्वकालमा माओवादीले १७ भदौ २०५९ मा घरमा सुतिरहेका बेला बोलाएर लगि बिहानपख हत्या गरेका थिए । झपड तत्कालीन समयमा एमालेका गाउँ स्तरका नेताका साथै समाजसेवीका रुपमा परिचित थिए ।

त्यसैगरी दलित महिलाका रुपमा वडा सदस्यमा उम्मेदवार बनेकी भीम लक्ष्मी सार्कीका श्रीमान गोपाल सार्कीलाई राज्य पक्षका सुरक्षाकर्मीले २८ भदौ २०५९ मा माओवादीमा लागेको आरोपमा हत्या गरेका थिए । श्रीमान माओवादीमा लागेकै कारण मृत्युवरण गरेता पनि भीम लक्ष्मी भने पछिल्लो समय एमालेबाट दलित महिला सदस्यका रुपमा चुनाव लड्ने भएकी छिन् ।
सोही वडामा एमालेले अर्का द्वन्द्वपीडित इन्द्र बहादुर बुढाथोकीलाई समेत वडा सदस्यमा उमेद्वार बनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: