‘महिला नेतालाई परिवारको सहयोग आवश्यक’


८५ प्रतिशतलाई परिवारको सहयोगको अभाव

प्रकाशित मिति :2017-04-19 18:08:14

महिला खबर

काठमाडौ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा महिला नेताहरुले राजनितिमा अघि बढ्न जसरी पुरुष नेतालाई परिवारको सहयोग हुन्छ त्यसैगरी महिला नेतालाई पनि परिवारको सहयोग आवश्यक रहेको वताएका छन् । राजनितिमा व्यक्तिगत क्षमतासगै परिवारको सहयोग खाँचो रहेको भन्दै स्थानीय निर्वाचनमा नेतृत्व लिनका लागि पनि परिवारकै साथ र सहयोग हुनुपर्ने उनीहरुको भनाई थियो ।

सांसद प्रभादेवी बज्राचार्य पुरुष र महिला दुवैलाई अघि बढ्न एकअर्काको सहयोग र साथ खाँचो रहेको बताउनुभयो । सांसद बज्राचार्यले भन्नुभयो– ‘हाम्रो समाजमा महिला कमजोर हुन्छन् र उनलाई मात्र परिवारको सहयोग चाहिन्छ भन्ने सोच छ, तर परिवारको सहयोग विना कुनै पनि पुरुष अगाडी बढ्न सक्दैन ।’

युएनडिपीद्धारा आयोजित ‘नेपालको राजनैतिकमा महिलाको सहभागिता’ विषयक कार्यक्रममा बोल्दै उहाँले अहिले महिलाका लागि अवसर भएपनि घरपरिवारको जिम्मेवारी धेरै भएको भन्दै परिवारभित्र जिम्मेवारी बाँडफाँड गरेर महिला पनि ज्ञान तथा सुचना लिन सजग हुनुपर्ने वताउनुभयो ।

सांसद सिन्धु जलेशाले पनि राजनीतिमा लागेका महिलालाई परिवारिक सहयोग आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले महिला विहान उठेदेखी पारिवारिक जिम्मेवारी निर्वाह गर्दागदै समय वित्ने हुँदा अन्य ज्ञान तथा सूचनाबाट वञ्चित हुने गरेको बताउनुभयो । त्यसैले  महिलालाई  राजनितिमा सक्रिया बनाउन घरको जिम्मेवारी बाँडफाँड गर्नुपर्ने शर्माले बताउनुभयो ।

नेपालको राजनीतिमा महिलाको सहभागिता बारे युएनडिपीले सन् २०१५ मा सुरु गरेको सर्वेमा काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, चितवन, गोर्खा, कैलाली र सप्तरी जिल्लामा अध्ययन गरेको थियो । अध्ययनका क्रममा १ हजार ६ सय जना नेता तथा सर्वसाधारणसगँ प्रत्येक्ष कुराकानी गरिएको युएनडिपीका विन्दा मगरले जानकारी गराउनुभयो ।

उहाँका अनुसार पुरुषको तुलनामा महिलाले किन कम उम्मेदवारी दिन्छन् भन्ने प्रश्नमा ८५.३ प्रतिशत सर्वसाधारणले परिवारको सहयोग नभएको उत्तर दिएका  छन् । त्यस्तै केन्द्रीय स्तरका  ५८ प्रतिशत र स्थानीय  तहका महिला नेताले ८० प्रतिशतले परिवारको सहयोग नभएको बताएका छन् ।

त्यस्तै केन्द्रिय तहका ५८ प्रतिशत र स्थानीय तहका ५४ प्रतिशतले आर्थिक अभावका कारण महिला राजनितिमा आउन नसकेको अध्ययनले देखाएको छ ।

यसैगरि स्थानीय तहमा महिलाले उम्मेदवार दिन नसक्नुको कारणमा ८९ प्रतिशत पार्टीको सहयोग नभएको, ५४ प्रतिशत आर्थिक सहयोग नभएको, ५१ प्रतिशत पारिवारिक जिम्मेवारी, ३४ प्रतिशत नेतृत्व क्षमता नभएको, २० प्रतिशत आत्मविश्वासको कमी भएको अध्ययनले देखाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: