प्रमुख पदमा दलित महिलाको सुनिश्चितता गर्न माग


प्रकाशित मिति :2017-04-19 17:57:07

-महिला खबर-

काठमाडौं । दलित महिला नेताहरुले स्थानीय तहको प्रमुख पदहरुमा दलित महिलाको उचित प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।

विभिन्न राजनीतिक दलमा आबद्ध दलित महिला नेता तथा संघ सस्थाले पत्रकार सम्मेलन गरी वडा अध्यक्ष, गाउँ तथा नगरपालिकाको प्रमुखमा समेत दलित महिलाको उचित प्रतिनिधित्व हुनुपर्ने माग राखेका हुन् । सक्षम दलित महिलालाई वडा सदस्यमा मात्र खुम्चाइन नहुने उनीहरुको भनाई छ ।

उनीहरुले स्थानीय तह निर्वाचन ऐन, २०७३ मा भएका सबै कानुनी प्रावधानलाई निःर्शत लागू गर्न समेत सरकारसंग माग गरेका छन् ।

नेकपा माओवादी केन्द्रकी नेतृ अञ्जना विसङखे, नयाँ शक्ति नेपालकी नेतृ दुर्गा सोव, कमला मेचुरी, दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपाली, दलित महिला संघकी अध्यक्ष कला स्वर्णकार लगायतले सबै वडामा दलित महिला नभएको खण्डमा उत्पीडित समुदायका अन्य महिलालाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।

वडा सदस्यमा एक दलित महिला अनिवार्य राख्नुपर्न प्रवाधान रहेकोमा दलित महिलाको उम्मेदवारी नपरे के गर्ने भन्नेमा अहिले बहसहरु हुन थालेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: