गाउँपालिका प्रमुखमा पाँच महिलाको दाबी


प्रकाशित मिति :2017-04-20 10:49:25

सर्मिला बुढाथोकी

 

सिर्जना कार्की                                                               उर्मिला खड्का                                                      कालिका पाठक

दोलखा । स्थानीय तहको निर्वाचनमा गाउँ तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला अनिर्वाय गरेपछि दोलखामा पाँच महिलाले प्रमुखमा दाबी गरेका छन् । एमालेका कालिका पाठक, सिर्जना कार्की, उर्मिला खड्का, गोमा केसी तथा नेपाली काँग्रेसका कृष्णकुमारी खड्काले विभिन्न गाउँपालिकाको प्रमुखमा दाबी गर्नुभएको हो ।

नेकपा एमालेका कालिका पाठकले कालिञ्चोक गाँउपालिकाको प्रमुखमा दाबी गर्नुभएको छ । उहाँ एमाले जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय जनसाँस्कृतिक महासंघको केन्द्रीय सचिव हुनुहुन्छ । पाठक आफुले लामो समय देखी पार्टीमा काम गरेको र स्थानीय तहमा महिलाको नेतृत्व बढाउन काम गरेकोले आफूबाट सर्वसाधारणले धेरै अपेक्षा राखेको बताउनुभयो । अधिकांश महिलाले उपप्रमुखमा मात्र दाबी गर्नुको कारणबारे बताउँदै कालिकाले भन्नुभयो, ‘धेरैलाई प्रमुख पद पुरुषको लागि र उपप्रमुख महिलाको लागि भन्ने भ्रम छ, त्यसैले उपप्रमुखमा महिलाको दाबी धेरै परेको हो ।’

त्यसैगरी, नेकपा एमालेका नेता एवं महिला अधिकारकर्मी सिर्जना कार्कीले तामाकोसी गाँउपालिका प्रमुखमा दाबी गर्नुभएको छ । कार्कीले योग्य र पार्टीको इमान्दार कार्यकर्ता भएकोले आफूले प्रमुखमा दाबी गरेको बताउनुभयो । सधैं विकास र अधिकारको पक्षमा काम गरेकोले पार्टीले मूल्यांकन गरेर प्रमुखमा आफूलाई उम्मेदवार बनाउने विश्वास लिएको कार्कीले बताउनुभयो ।

एमालेकै अर्की नेता उर्मिला खड्काले पनि तामाकोसी गाँउपालिका प्रमुखको दाबी गर्नुभएको छ । त्यस्तै, विगु गाँउपालिकामा एमाले नेता गोमा केसीले प्रमुखमा दाबी गर्नुभएको छ ।

यस्तै, नेपाली कांग्रेसको भातृ संगठन महिला संघ दोलखाका सभापति कृष्णकुमारी खड्काले पनि विगु गाँउपालिकाको प्रमुखमा दाबी गरेको नेपाली कांग्रेस दोलखाका सचिव सन्तोष रिमालले जानकारी दिनुभयो । नेता खड्काले आफू सधै गाँउमा बसेर जनताको पक्षमा काम गरिरहेको र पार्टीमा लामो समयदेखि सक्रिय रहेकोले प्रमुखमा दाबी गरेको बताउनुभयो ।

माओेवादी केन्द्रका नेता रीता रिमालले कालिञ्चोक गाँउपालिकामा प्रमुखको आकांक्षा राखेको चर्चा भएपनि उहाँको आधिकारिक प्रस्ताव नआएको माओवादी केन्द्रका एक नेताले बताउनुभयो । उहाँ कालिञ्चोक गाँउपालिकामा उपप्रमुख बन्ने सम्भावना रहेको ती नेताको भनाइ छ । त्यसैगरी कालिञ्चोक गाँउपालिकामा एमालेका चित्रप्रसाद भण्डारीले पनि उपप्रमुखमा दाबी गर्नुभएको छ ।

प्रमुख राजनीतिक दल एमाले, कांग्रेस र माओवादी केन्द्रको तर्फबाट गाँउ तथा नगरपालिकाहरुमा उम्मेदवारीको लागि आएको प्रस्तावित नामहरुमा अधिकांश ठाँउमा प्रमुखमा पुरुष र उपप्रमुखमा महिला रहेका छन् ।

सात गाँउपालिका र दुई नगरपालिका भएको दोलखा जिल्लामा प्रमुखमा महिलाहरुको दाबी न्यून रहनुले महिला नेतृत्व विकास भइनसकेको जस्तो देखिएको चर्चा हुन थालेको छ । अहिले गाँउपालिका तथा नगरपालिकाहरुबाट उम्मेदवारको सिफारिस आइरहेकोले केहि दिनमै बैठक बसेर उम्मेदवारको नाम तय गरिने दलका नेताहरुले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: