पोखरामा महिला आकांक्षी बढ्दै


प्रकाशित मिति :2017-04-20 14:25:47

जमुना वर्षा शर्मा/स्मीता अधिकारी

पोखरा । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा देशकै दोस्रो ठूलो शहर पोखरा तथा ठूलो महानगरपालिका, पोखरा–लेखनाथ महानगरपालिकाका महिलाहरु नेतृत्व लिन हौसिएका छन् । वडा अध्यक्ष, गाउँ तथा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा धेरै महिलाहरू उम्मेदवारको आंकाक्षी बनेका छन् ।

चुनावी अभियानका क्रममा राजनीतिक दलहरूले सञ्चालन गरिरहेका प्रशिक्षण, भेला, उम्वेदबार मनोनयन बैठक तथा अन्य चुनावी गतिविधिमा पनि महिलाको सक्रियता बढेको देखिन्छ । केही दिन यता चुनावी अकांक्षी घोषणा तथा उम्वेदबार मनोनयन बैठकहरु चलिरहेका छन् । यस्ता बैठकमा नेतृत्व गर्न चाहने महिलाको संख्या बढेको हो ।

काग्रेस निकट स्रोतका अनुसार काँग्रेसबाट पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा एक र उपप्रमुखमा आठ महिला आकांक्षी देखिएका छन् । प्रमुखमा कोपिला रानाभाटले दाबी गरेकी छिन् भने उपप्रमुखमा सरस्वती गुरुङ्ग, तारा अधिकारी, विन्दु सुवेदी, जानुका देवी पराजुली, सिता गुरुङ्ग, माया बराल, चन्द्रावती पौडेल, विन्दु सुवेदी कोइराला आकांक्षी रहेका छन् ।

त्यसै गरी नेकपा एमालेबाट उपप्रमुखमा देवका पहारी, प्रभा कोइराला, मिना गुरुङ्ग, छलि कुँवर, उमा परियार, गंगा कुँवर, मञ्जु गुरुङ्ग र मिना गुरुङ्ग लगायतको नाम चर्चामा छन् । प्रमुखमा भने महिला उम्मेदवार देखिएका छैनन् । त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट गायत्री गुरुङ्गले प्रमुखमा दाबी गरेकी छिन् भने उपप्रमुखमा गोमा ढकाल, मनु खत्री, नर्मदा लामिछाने, मनु खत्री, कल्पना पाण्डे, पूर्णिमा गौतम, सन्तोषी आले (सासा), सोमति गुरुङ्गको नाम चर्चामा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा दुई जना महिला आकांक्षी देखिएका छन् । गीता गुरुङ्ग र रञ्जना सेन पौडेलले प्रमुखमा तथा हरिदेवि अधिकारी र धनु कोइरालाको उपप्रमुखमा दाबी रहेको छ । अखण्ड नेपाल पार्टीका तर्फबाट गोमा रायमाझी र सरस्वती हमालले उपप्रमुखमा दाबी गरेका छन् ।

झन्डै दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आकांक्षीको संख्या बढ्दै गएपछि राजनीतिक दलका प्रमुखहरुलाई पनि आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गर्न निकै हम्मे हम्मे परेको छ । तर कुनै पनि दलले अहिलेसम्म महानगरपालिकाको प्रमुख र उपप्रमुखको आधिकारिक उम्मेदवार टुंगो लगाएका छैनन् । गाउँपालिका र वडाहरुमा पनि उस्तै चुनौती छ ।

महिला नेताहरूले समानुपानीक समावेशी सिद्धान्त अनुरूप नेतृत्वमा महिला पुरयाउनुपर्ने माग गरिरहेका छन् । ‘महिलालाई खुल्ला प्रतिस्पर्धामा उत्रिन कुनै नीति नियमले बन्देज लगाएको छैन, बरु पुरुषलाई बन्देज छ किन भने उनीहरू महिलाको कोटामा प्रतिस्पर्धा गर्न पाउँदैनन् । त्यसैले महिलाले आत्मविश्वास बलिायो बनाउनु पर्ने बेला आएको छ ।’ साविक पोखरा उपमहानगरपालिका ९ की वडा अध्यक्ष उमा ठकुरीले भनिन् । सामाजिक रूपमा महिलाले बनाएको पहिचान संस्थागत गर्न पनि नेतृत्व लिनैपर्ने उनको विचार छ । उनी वडा अध्यक्षका दावेदार हुन् ।

पोखरालेखनाथ ३१ मा हालै नेपाली काँग्रेस नगर समन्वय समितिले गरेको कार्यक्रममा १६ जना महिलाले वडा अध्यक्ष हुने इच्छा जाहेर गरेका थिए भने ३० नम्बर वडामा चार जना महिला आकांक्षी देखिए । एमालेबाट वडाध्यक्षका लागि सबैभन्दा पहिलो दाबेदार पोखरा ७ की शशीकला बराल हुन् । पहिलो स्थानीय निकाय निर्वाचन २०५४ मा वडा प्रतिनिधिमा निर्वाचित भइसकेकी बराल राज्यको हरेक संरचनामा महिलाको अर्थपूृर्ण सहभागिता गराउन महिलालाई नेतृत्व नै दिनुपर्ने बताउँछिन् ।

दुई दशकदेखि राजनीतिमा सक्रिय अखिल नेपाल क्रान्तिकारी महिला संघकी केन्द्रीय सचिवालय सदस्य निर्मला सुवेदी स्थानीय निकायमा महिलाको अर्थपूर्ण र समावेशी नेतृत्व हुनैपर्छ भन्ने मान्यताकी अभियन्ता मध्यकी एक हुन् । उनी रुपा गाउँपालिकाको अध्यक्ष हुने दाउमा छिन् । ‘महिलालाई विकासको मुलधारमा ल्याउन कोटाको व्यवस्था गरिएपनि बलबुताले भ्यायसम्म खुल्ला प्रतिस्पर्धामै उत्रिनुपर्छ ।’ माओवादी केन्द्रको वडा भेलामा सुवेदीले आफ्नो विचार राखेकी थिइन् ।

काँग्रेसबाट पोले ९ कि उमा ठकुरी, ८ की शारदा गिरी, र ३१ की शान्ता खनाल र विमला बस्नेतले वडाध्यक्षका लागि दाबी गरिरहेका छन् । त्यसै गरी एमालेबाट पूर्व स्थानीय निकाय प्रतिनिधि शशिकला बराल सहित, शारदा पराजुली, माया सुवेदी, शुशिला पराजुली, राजकुमारी भुजेल, उमा कोइराला, दिलमाया गुरुङ, सम्झना अधिकारी, सरस्वती भण्डारी, पार्वती ढुंगाना, पार्वती कार्की, गोमा देवी गौतम, राधिका योगी, भोज कुमारी भुजेल, गीता विक, सावित्री भण्डारी, रेवती शर्मा, निर्मला पौडेल, रमा नेपाली, इन्दिरा तिवारी, तारा ढकाल, शारदा वास्तोला, तिलकुमारी थापा, लगायत दजनौंले विभिन्न वडाको प्रमुखमा उठ्ने इच्छा देखाएका छन् ।

माओवादी केन्द्रबाट नरमला कर्णेल, रक्षा भटराई, विमला पहारी, विन्दु परियार, चित्र सुवेदी, गोमा ढकाल लगायतले दाबी गरेका छन् । वडा अध्यक्ष कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने उनीहरूको माग छ । पोखरा(कास्की)मा ३३ वडा सहितको एक पोखरा–लेखनाथ महानगरपालिका र ४ गाउँपालिका अन्र्तगत ३९ वडा रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: