निर्वाचनबाट महिला र दलितले न्याय पाउनेछन्ः सभामुख घर्ती


प्रकाशित मिति :2017-04-20 15:52:25

-सन्दिप वि.क-

ललितपुर । सभामुख ओनसरी घर्तीले स्थानीय तहको निर्वाचनले महिला र दलितलाई न्याय दिने बताउनुभएको छ । निर्वाचनबाट महिला र दलित पनि स्थानिय सरकारमा पुग्ने सुनिश्चित भएकाले मानवको स्थान पाउन नसकेका दलित र महिलाले स्थानीय निर्वाचनबाट न्याय पाउने उहाँको भनाई थियो ।

‘लोकतन्त्रको आधार सूचनाको अधिकार’ भन्ने नाराका साथ सूचनाको हकको प्रभावकारी प्रचलनका लागि सुचना आयोगद्धारा आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सभामुख घर्तीले निर्वाचन पश्चात राज्यमा पहुँच नपुगेका वर्ग र समुदायको पहुँच सिंहदरबारमा राख्न सक्ने बताउनुभयो ।

घर्तीले निर्वाचन सम्बन्धि सुचना प्रभावकारी रुपमा जनता समक्ष पुर्याउन समेत आग्रह गर्नुभयो । उहाँले सूचनाको हकलाई संविद्यानको धारा २७ मा मौलिक हकका रुपमा ज्ञारेन्टी गरेको भन्दै राज्यका सवै अंग तथा सार्वजनिक निकायलाई नागरिकप्रति जवाफदेही र जिम्मेबार बन्न आग्रह गर्नुभयो ।

सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले कार्यपालिका, न्यायपालिका, र व्यवस्थापिकाले सूचनाको सहजै सार्वजनिक गरेपनि तल्लो तहका निकायले सूचना सार्वजनिक गर्न आनाकानी गरेको बताउनुभयो । सूचना नदिने कर्मचारीलाई कार्वाही हुने भन्दै उहाँले सहज रुपमा सूचना लिन समेत सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

आयुक्त किरण कुमार पोख्रेलले सूचनाको हकका विषयमा कानुन नै बाँझिएको भन्दै संविधानले स्तर उन्नती गर्नुपर्ने बताउनुभयो । उहाँले सूचना मागेर पाईने हुँदा प्रवाह आग्रह गर्दै सूचनाको हकका विषयमा जनतामा सचेत गराउनुपर्ने बताउनुभयो ।

अर्का आयुत्त यशोदादेवी तिम्सिनाले अहिले देश चनावमय भएको भन्दै देशमा सूचनाको खाँचो रहेको बताउनुभयो । उहाँले दलहरु जनता समक्ष भोट माग्न आउँदा प्रश्न गर्न नभुल्न समेत आग्रह गर्नुभएको छ ।

पूर्व प्रमुख सूचना आयुक्त विनाय कुमार कसयुले सूचनाको हकलाई प्रवद्र्धन गर्न प्रविधिमा जोड दिन आग्रह गर्नुभयो ।

यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सहज रुपमा नागरिकलाई सूचनाको पहुँच पुग्नुपर्ने बताउनुभयो । उहाँले सूचनाको हक सम्बन्धि ऐन पत्रकारका लागि मात्र नभई हरेक नागरिकको लागि भएको भन्दै त्यसको प्रयोग गर्न समेत आग्रह गर्नुभएको छ ।

सम्मेलनमा ७५ जिल्लाका सूचना हकका अभियन्ता, सञ्चारकर्मी, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको छ । सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्ने जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: