उपमेयरमा दाबी गर्दै पत्रकार महिला


प्रकाशित मिति :2017-04-20 17:32:50

 महिला खबर

सुनसरी । धरान उपमहानगरपालिकाको उपमेयरमा पत्रकार गंगा बरालले दाबी गरेकी छन् ।

बराल धरानबाट प्रकाशित हुने बिजयपुर साप्ताहिकको प्रकाशक तथा सम्पादक हुनुहुन्छ । ०५४ देखि पत्रकारितामा सक्रिय बराल क्रियाशिल पत्रकार महिला पूर्वाञ्चलको संयोजक र शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्पको क्षेत्रीय संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । त्यस्तै नेपाल पत्रकार महासंघको केन्द्रीय सभासद र प्रेस सेन्टरको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
उहाँलाई नेकपा माओवादी केन्द्रले सिफारिस गरेको हो । पार्टीले विश्वास गरेर नाम सिफारिस गरेकोमा खुशी व्यक्त गर्दै बरालले टिकट पाए धरानलाई पर्यटकीय शहर र प्रदेश नम्बर एकको राजधानी बनाउने बताउनुभयो ।

माओवादी केन्द्रले धरान उपमहानगरपालिकाको उपमेयरमा पत्रकार बराल सहित लक्ष्मी प्रधान र कमला अधिकारीको नाम पनि सिफारिस गरेको छ । प्रधान अखिल क्रान्तिकारी केन्द्रीय सचिव र अधिकारी लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाको उपमहासचिव हुनुहुन्छ । मेयर पदमा भने किराँत राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय कोषाध्यक्ष अइन्द्रविक्रम बेघाको नाम सिफारिस गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: