महिला मतदाता मात्र होइनन्ः सभामुख घर्ती


प्रकाशित मिति :2017-04-21 10:59:13

महिला खबर

काठमाडौं । सभामुख ओनसरी घर्तीले महिला मतदाता मात्र बन्ने अवस्था बन्द गर्नुपर्ने बताउनुभएको छ ।

राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउन महिलाको पनि ठूलो योगदान भएको भन्दै उहाँले अबको निर्वाचनले पछाडि पारिएका र उत्पीडनमा परेकालाई नेतृत्वमा आउने अवसर दिएको हुँदा उनीहरुलाई मतदाताका रुपमा मात्र हेर्न बन्द गर्नुपर्ने बताउनुभयो ।

निर्वाचन आयोगले बिहिवार आयोजना गरेको स्थानीय शासन प्रक्रियामा महिलाहरुको नेतृत्व र प्रतिनिधित्व सबलीकरण सम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै सभामुख घर्तीले राज्य संचालनमा महिला र पुरुष दुवैको भूमिका आवश्यक भएकाले नेतृत्व तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनमा औपचारिकताका रुपमा मात्र नभई गम्भीर रुपले लाग्न अपिल गर्नुभयो । उहाँले अहिलेको निर्वाचनले महिलाको प्रतिनिधित्व सुनिश्चित गरेकोको अब निर्वाचन प्रचार प्रसारमा लागेर उम्मेदवारीमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले फागुन १३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको र उम्मेदवारको मनोनयनका लागि वैशाख १६ गतेको म्याद तोकिएको जानकारी दिनुभयो ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले महिलाको आर्थिक सहभागिता, शैक्षिक उपलब्धि, स्वास्थ्य तथा राजनीतिमध्ये स्वास्थ्यमा केही राम्रो भएपनि अन्य क्षेत्रमा उपलब्धिमूलक नभएको बताउनुभयो ।

साझा अभियानका अध्यक्ष दुर्गा घिमिरेले राजनीतिक दलहरुले नातावाद, कृपावादमा नगई महिलाको हक अधिकारको साथै विकासको लागि काम गर्न सक्ने महिलालाई जिताउनुपर्ने बताउनुभयो । उहाँले ४० प्रतिशत प्रावधानले महिलालाई ठूलो अवसर दिएको उल्लेख गर्नुभयो ।

यस्तै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष प्रतिभा राणाले २० वर्षपछि हुन लागेको चुनावमा सहि उम्मेदवार चुनिएर आउने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनमा महिलाको प्रतिनिधित्व निकै बलियो हुने बताउँदै उहाँले नेतृत्वमा सुनिश्चित नभएपनि प्रतिनिधित्वमा सुनिश्चितता भएको उल्लेख गर्नुभयो । उहाँले जग बलियो नभई घर बलियो नहुने भन्दै महिलाको आरक्षित सीटमा दलित महिला नभए अरु महिलालाई पनि समावेश गर्नुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसंघका नेपाल संयोजक भेलरी जुलियाण्डले नेपालमा महिलाले अधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आइरहेको र निर्वाचनले महिलालाई अघि बढ्न सघाउने बताउनुभयो । देशलाई अघि बढाउन महिलालाई अघि बढाउनु आवश्यक भएको भन्दै  उहाँले महिला उम्मेदवारलाई सहयोग गर्नुपर्ने बताउनुभयो । ‘संयुक्त राष्ट्रसंघ प्रत्येक महिला र बालिकाको सबलीकरणको लागि लागिपरेको छ, महिलाका अधिकार उल्लंघन भए हामी पनि साथ दिन तयार छौं’, उहाँले भन्नुभयो ।

कार्यक्रममा निर्वाचन आयुक्त इला शर्माले महिलाको नेतृत्व सम्बन्धमा नेपालको संविधान र स्थानीय तहको निर्वाचन सम्बन्धी विभिन्न ऐनमा भएका लैङ्गिग व्यवस्थाबारे जानकारी दिनुभएको थियो । यसैगरि, निर्वाचन आयोगका सहसचिव नवराज ढकालले निर्वाचन व्यवस्थापन प्रणाली सम्बन्धी व्यवस्था र महिला मतदाताहरुका लागि गरिएका व्यवस्थाबारे जानकारी गराउनुभएको थियो ।
यस्तै, पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनसँग जोडिएका हिंसाहरु र महिलाको सुरक्षा र संरक्षण सम्बन्धी जानकारी गराउनुभएको थियो । सम्मेलन शुक्रवार समापन हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: