राष्ट्रपति भण्डारी आज साँझ स्वदेश फर्कदै


प्रकाशित मिति :2017-04-21 15:47:51

महिला खबर

काठमाडौँ । पाँच दिने भारत भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज साझ आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कदै हुनुहुन्छ । वैशाख चार गते भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणमा भारत जानुभएको राष्ट्रपति भण्डारी आज नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्कदै हुनुहुन्छ ।

भारतमा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा आफ्ना समकक्षी प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको थियो । त्यसै गरी राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीलगायत विभिन्न पार्टीका नेताहरूले राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेका थिए ।

भारत भ्रमणको दोस्रो दिन राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामीसहित भारत सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । सोही साँझ राष्ट्रपतिको सम्मानमा भारतीय समकक्षी मुखर्जीले राष्ट्रपति भवनमा रात्रिभोजको समेत आयोजना गरेका थिए । राष्ट्रपति भण्डारी भ्रमणको तेस्रो दिन गुजरात पुगेकी राष्ट्रपति भण्डारीले सोमनाथ र द्वारिकानाथ मन्दिर पुगेर दर्शन र पूजाआजा गरिन भने सोही साँझ राजकोटमा गुजरातका मुख्यमन्त्रीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो । राष्ट्रपति भण्डारी भ्रमणको चौथोदिन बिहीबार भारतको मुख्य पर्यटकीय सहर उडिसाको राजधानी भुवनेश्वरमा विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् ।

उनले उडिसा राज्य सरकारद्वारा सञ्चालित मिसन शक्ति नामको संस्थाले आयोजना गरेको महिला सशक्तीकरणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुभएयो । साथै उनले लिङ्गेश्वरराज मन्दिरमा पुगेर पूजाआजा गर्नुभएको थियो । भारत भ्रमणको आज अन्तिम दिन राष्ट्रपति भण्डारी उडिसा राज्यको पुरीमा रहेको जगन्नाथ धाममा पुगेर दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी उक्त धामको दर्शनपश्चात् यहाँस्थित बिजु पटनायक अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विशेष विमानबाट भारतको राजधानी नयाँदिल्ली पुगेर त्यहाँबाट नेपाल एयरलाइन्सको विमानबाट साँझ स्वदेश फर्कदै हुनुहुन्छ । भ्रमणमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत ३४ सदस्यीय टोली रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: